लिभिङ विथ इन्भायोरन्मेन्टद्वारा सिगरेट वेस्ट म्यानेजमेन्ट परियोजना संचालनमा

73

बिरगंज ।
लिभिङ विथ इन्भायोरन्मेन्टले सिगरेट वेस्ट म्यानेजमेन्ट- ३७१ नामको परियोजना संचालनमा ल्याएको छ । यो परियोजना अन्र्तगत सिगरेटका ठुटालाई ब्यवस्थापन गरिने छ ।

परियोजनाको घोषणा गर्दै लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय अध्यक्ष आकाश चौहानले सिगरेटको ठुटाले वतावरण र मानव जीनवमा पार्ने असरको बारेमा प्रकाश पार्नु भएको थियो ।

धुम्रपानको असर मानव फोक्सो र श्वासप्रश्वासमा मात्र सिमति छैन चौहानले भन्नुभयो “तिनका ठुटाले भू तथा जलमा पनि उत्तिकै प्रदुषण गरेको हुन्छ ।

चुरोटको ठुटा सडन पनि १० वर्षको समय लाग्ने अध्ययनले देखाएको बताउदै चौहानले अव बीरगंज र मध्यतराईलाई चुरोटको ठुटामुक्त बनाउने काम गर्ने बताउनु भयो ।उहाँले यो काम त्यति सजिलो छैन , चुनौतीपूर्ण भएपनि यसलाई गरि देखाउन आफनो समुह लागेको बताउनु भयो ।

चुरोटका ठुटा संकलन गर्ने ठुटामा रहेको बिष तथा निकोटीनलाई बिघठन गर्नकालागि जनशक्तिको परिचालन गरिने छ । केही जनशक्तिले यो परियोजना अन्र्तगत रोजगार समेत पाउने बताइएको छ । त्यसरी बिष्मुक्त गरिएको चुरोटको ठुटाबाट निस्केको रुई सिरानी वा सिरक बनाउन उपयोग गरिने छ ।

यसरी उत्पादीत बस्तुहरु भने वतावरणमैत्री हुने लिभिङ विथ इन्भायोरन्मेन्टका क्षेत्रीय अध्यक्ष आशुतोष चर्तुवेदीले बताउनु भयो । उहाँले यो परियोजना मार्फत युवालाई वतावरण संरक्षण गर्न र आफनो ठाउको बिकासमा पहलकदमी लिन उत्प्रेरीत गर्ने उद्धेश्य समेत लिएको बताउनु भयो ।

चुरोटको एउटा ठुटोमा रहेको बिषादीले एउटा ठुलो माछा मार्न सक्ने कुरा बैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको बताउदै उहाँले त्यही बिषय हामीले प्रयोग गर्ने पानी सम्म पुग्दा आउने अवस्थाका बारेमा सचेत हुन समेत अपिल गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले वतावरणको मुद्धा आजको दिनमा संसारको मुद्धा बनेको बताउदै वतावरण संरषणमा युवाहरुको संगठीत प्रयासको प्रशंसा गर्नु भयो ।

हाँले युवाहरुले काम गरेर देखाउनु पर्ने तर्क गर्दै चुनौतीपुर्ण काममा हात हालेपछि अन्तिम निष्कर्ष सम्म पुग्नु पर्ने जोड दिनु भयो । कार्यक्रममा लिभिङ विथ इन्भायोरन्मेन्टका केन्द्रीय उपाध्यक्ष रुपक पटेल, पर्सा जिल्ला अध्यक्ष रोहीत बर्णवाल, सल्लाहकार राजन रौनीयार, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य जगत राई लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन जिल्ला सचिव मुस्कान श्रेष्ठले गर्नु भएको थियो ।