अखिल नेपाल पिछडा वर्गद्वारा पार्कमा सरसफाई

42

संतोष रन्जितकार
वीरगंज २९ भदौ ।
अखिल नेपाल पिछडा वर्ग ओ.वि.सी पर्साले आज स्व. राजा बिरेन्द्र शाहको शालिक भएको पार्कमा सरसफाई गरिएको छ । ओ.वि.सी पर्सा अध्यक्ष अकलेश साहको नेतृत्वमा वीरगंज १७ प्रतिमा चौकमा रहेको स्व. बिरेन्द्र शाहको शालिकसंगै पार्कमा वृहत सरसफाई गरिएको हो ।
पार्कमा झारपात उब्जेर कुरुप देखिएको र महानगरपालिका लगायत सम्बन्धि निकायले समेत वास्ता नगरेपछि ओ.वि.सी आवद्ध युवाहरुले सरसफाई गरेका हुन । सफाईपछि पार्क आर्कषक देखिएको अध्यक्ष साहले जानकारी दिनुभयो । देशमा रहेका ऐतिहासिक धरोहरको संरक्षण गर्न हामी सबैको कर्तव्य भएकोले स्व.राजा बिरेन्द्रको शालिकमा सफाई गरिएको बताउनुभयो ।


उहाँले आउने दिनहरुमा पनि पार्कमा फुलका विरुवाहरु रोपेर आर्कषक बनाउने समेत जानकारी दिनुभयो । सो अवसरमा ओ.वि.सी का राजन साह,संदिप महतो,आकाश गुप्ता रामकुमार पटेल, राकेश पटेल, लालबाबु साह लगायतको सहभागिता रहेको थियो ।