जिल्ला प्रशासन कार्यालय पर्साद्वारा पर्सेली पत्रकारहरुको अपमान

246

संतोष रन्जितकार
वीरगंज, २९ भदौ ।
पर्सेली पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले नै सोमबार दिउँसो अपमान गरेको छ । समाचार संकलनका लागि जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका पत्रकारहरुलाई गेट भित्र घण्टौं सम्म छिर्न दिएको थिएन।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा भै रहेको अनियमितता बारे बिरगंज महानगरपालिका वडा नं. १५ का बासिन्दाले बुझाएको ज्ञापन (पत्रको फोटो खिच्न तथा बजार अनुगमन , बजारमा बढेको चहल पहल , मलको समस्या र पिसिआर टेष्टको दायराका बारेमा बुझ्न खोज्दा प्रमुख जिल्ला अधिकारी असमान तमा·ले फोन नउठाए पछि पर्साका पत्रकारहरू सुचना लिन जिल्ला प्रशासन कार्यालय मैं पुगेका थिए ।
सो कार्यालयको गेट अगाडी रहेको सशस्त्र प्रहरी बलका जवानहरूले पत्रकार माथी अपशव्द प्रयोग गर्दै गेट बन्द गरेका थिए । गेटमा उभिरहेका पत्रकारहरुलाई एक घण्टा पछि जिल्ला प्रशासन कार्यालय भित्र छिर्न दिईएको थियो । भने समाचार संकलनका लागि गएका पत्रकारहरू सुचना प्रभाह नैं नगरि मिटि·को बहाना गर्दै प्रमुख जिल्ला अधिकारीले निमित्त सहायक सिडिओलाई जिम्मा लगाएका थिए ।
पत्रकार महासंघ प्रदेश २ का सदस्य जगत राई , माउण्टेन टेलिभिजनका नितेश कर्ण , न्युज २४ टेलिभिजनका जाकिर हुसेन , पर्सा पोष्ट पत्रिकाका अजित भुजेल , दैनिक बिरगंजका रंजित चैरसिया र न्युज २४ दैनिक बिरगंजका अखिलेश साह , जि( नेपाल टेलिभिजनका सन्चारकर्मी अनिल साह लगायतका पत्रकारहरूलाई गेट मैं रोकेर सिडियो साहेबको आदेस छ , बाहिरै बस्न खबर आएमा मात्र भित्र छिर्न दिईने भन्दै घन्टौ घाममा गेट मै उभ्याएर अपमान गरिएको थियो ।