अखिल नेपाल पिछाडावर्ग पर्साद्वारा राहत वितरण

32

संतोष रन्जितकार
वीरगंज, ३१ भदौ ।
वीरगन्ज महानगरपालिका वडा नं १३ नयाँटोलका अतिविपन्न परीवारलाई बुधबार अखिल नेपाल पिछडावर्ग (OBC) महासंघ पर्साले राहत वितरण गरेको छ । अखिल नेपाल पिछाडावर्ग (OBC) पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा वडा नं. १३ नयाँ टोलका २० अतिविपन्न परीवारलाई प्रतिव्यति १० केजी चामल र १ केजी दाल राहत वितरण गरेको हो ।


कोरोना महामारीबाट प्रभावित भएका परीवारलाई अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सदस्यहरुले आफ्नो व्यतिगत खाजा खर्चको रकमबाट राहत वितरण गरिएको अखिल नेपालका एक सदस्यले बताएका थिए ।
राहत वितरण कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साह, अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका अध्यक्ष अकलेश साह, अखिल नेपाल पिछाडावर्ग (OBC) पर्साका सहसचिव राजन साह, सदस्यहरु संदिप महतो, आकाश गुप्ता, नेकपा नेता कमरुल अन्सारी, कलिम अन्सारी लगायतको उपस्थिती रहेको थियो ।