क्याटको पहलमा अस्थायी कोभिड अस्पताल गण्डकलाई आयुर्वेदिक औषधी हस्तानतरण

भारतसंग जोडिएको सबै सिमानाकामा व्यापक रुपमा कडाई गर्नुपर्छ ः सांसद यादव

31

संतोष रन्जितकार
वीरगंज, २ असोज ।
पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले भारतसंग जोडिएको पर्साको सबै सिमानाकामा व्यापक रुपमा कडाई गर्न स्थानीय प्रशासनलाई सुझाव दिएका छन । जिल्ला समन्वय समिती पर्साको सभाहलमा आयोजित आयुर्वेदिक औषधी हस्तानतरण कार्यक्रममा बोल्दै सांसद यादवले पर्सा जिल्लाको खुला सिमानाकाहरुबाट मानिसहरुले नेपाल–भारत आवत–जावत गर्नेहरु बढ्दै गएको बताउदै स्थानीय प्रशासनलाई कडाई गर्न आग्रह गरेका थिए ।
सिमाको अवस्था नाजुक रहेको बताउदै सांसद यादवले भने म स्वयम सशस्त्रका डिआईजी तथा स्थानीय सुरक्षा निकायका प्रमुख सहितको टोली लिएर सिमाको अनुगमन गरेको थिए । अनुगमन गरिएको समय एउटा सियो पनि यता–उता भएन तर हामी फर्के पछि पुन सिमा क्षेत्रमा चहलपहल भइरहेको गुनासोहरु आएको सुए । सिमा सिल भएपनि मानिसको ओहोर दोहोर रोकिएको छैन, स्थानीय प्रशासनले तत्काल सिमानाकामा कडाई गर्नुपर्ने आवश्यक देखेको सांसद यादवले बताए ।
सिमानाकामा कडाई नगर्दा विगतमा वीरगञ्जमा कोरोना संक्रमणको अवस्था भयावह भएको थियो, त्यही अवस्था पर्सामा पुन हुन सक्ने भएकोले स्थानीय प्रशासनले सिमानाकामा थप कडाई गर्नु पर्ने उनको सुझाव रहेको थियो ।
पर्सामा अहिले निषेधाज्ञा केही खुकुलो भएपनि कोरोना संक्रमण खतम भयो भनेर निष्फीक्री भएर बस्ने अवस्था नरहेको बताउदै सांसद यादवले भने हामी अहिले पनि सतर्क र सचेत रहेर सरकारले दिएको गाइडलाइनको पालना गर्न आम सर्वसाधारणलाई आग्रह गर्नु भयो । लकडाउनको सुरु देखी नै आफुले सक्दो सहयोग गरेको बताउदै अगामी दिनमा पनि आफनो सहयोग निरन्तर जारी रहने जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै जिल्ला समनव्य समितीका सभापति नेक महमद अंसारीले कोभिड अस्पतालको साथ साथै होम आइसोलेशनमा रहेकाहरुलाई पनि आयुर्वेदिक औषधी दिन आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र वीरगञ्ज पर्साले कोभिड एक्शन टिम क्याटको पहलमा अस्थायी कोभिड गण्डक अस्पताललाई आयुर्वेदिक औषधी हस्तानतरण गरिएको थियो ।
कार्यक्रममा डाक्टर दिपक चौरसीया, डा रमेश मिश्रा, क्याटका सदस्य तबरेज अहमद, सञ्जीव मिश्रा लगायतको उपस्थिती रहेको थियो ।