गापा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ रकम हिनामिना गरेको उपाध्यक्षले आरोप

46

संतोष रन्जितकार
वीरगंज, २ असोज ।
पर्साको सखुवापर्सौनी गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले करोडौँ रकम हिनामिना गरेको गापा उपाध्यक्षले आरोप लगाइकी छिन् ।
गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल र प्रमुख प्रशासकीय अधिकृत संदेश यादवले एकलौटी ढंगबाट विषयगत समिती नै गठन नगरी ५ करोड भन्दा बढी रकम भ्रष्टाचार गरेको गाउँपालिका उपाध्यक्ष फुलमति देवी चौधरीले आरोप लगाएकी हुन् ।
उपाध्यक्ष चौधरी र गाउँपालिकाका वडाध्यक्षहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय पर्सामा एउटा ज्ञापन पत्र बुझाउँदै गाउँपालिका र प्रशासकीय अधिकृतले गरेको आरोपबारे अनुसन्धान तथा कारवाही गर्न माग गरेका छन् ।


गत साउन १४ गते आर्थिक वर्ष २०७७÷०७८ का लागि जारी गर्नुपर्ने निती तथा कार्यक्रम उद्घाटनमै सिमित भएको र त्यस पश्चात एकलौटी अध्यक्षको निर्देशनमा भदौ १९ गते कार्यक्रम गर्ने पत्र काटिए पनि आफुहरुले विरोध गर्दै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६ को १ (ग)मा स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितीमा ४ सदस्यहरु हुनुपर्नेमा गाउँपालिका अध्यक्षले गैरकानुनी रुपमा आफ्नै पार्टिबाट ४ जना सदस्य राखि निर्णयहरु पारित गरी व्यापक अनियमतिता गरेको उपाध्यक्ष र वडा अध्यक्षहरुको आरोप रहेको छ ।
बिहीबार पेश गरिएको ज्ञापन पत्रमा रोकिएको निती तथा कार्यक्रम गर्नुपर्ने, गत आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्नुपर्ने, गैरकानुनी रुपमा गठन भएको समिती खारेज गर्नुपर्ने लगातयका मागहरु लेखिएका छन् ।