कृषि मन्त्री यादवद्वारा च्यापकटर र मोटर वितरण

21

सत्येन्द्र प्रताप सिंह
रौतहट, २ आश्विन ।
प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले गृह जिल्ला रौतहटमा आज ६० थान च्याप कटर र मोटर वितरण गर्नुभएको छ ।
कृषि राज्य मन्त्री यादवले जिल्लाको माधवनारायण नपा (४ मानपुरर बिसुनपुरवाका दुग्ध उत्पादक कृषक समुहका ६० जना किसानहरुलाई ६० थान च्यापकटर र ६०थान मोटर पुरक अनुदानमा बितरण गर्नुभएको हो ।
प्रत्येक किसानहरुलाई एक एक थान घाँस, पराल काट्ने च्याप कटर र पानी तान्ने मोटर वितरण गरिएको राज्य मन्त्री योगेन्द्र यादवले बताउनुभयो ।
कार्यक्रममा माधवनाराण नगरपालिकाका मेयर विरेन्द्र यादव, जयानगरका वडा अध्यक्ष सरोज यादव, सहकारीकर्मी रामबाबु मुखिया लगायतको उपस्थिति रहेको थियो ।