भौतिक मन्त्री सोनलद्वारा सडकको शिलान्यास

17

संतोष रन्जितकार
बारा, २ असोज ।
चैनपुर, बुनियाद, प्रस्टोका, कलैया सडकको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नं. २ का भौतिक पुर्वधार तथा बिकास मन्त्री माननिय जितेन्द्र सोनलले शुक्रबार एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका मन्त्री सोनलले परवानिपुर गाउपालिका वार्ड न.४ अन्तरगत चैनपुरमा सडक शिलायान्स गर्नु भएको थियो । सडक डिभिजन कार्यालयद्वारा ठेक्का गरि रु २ करोड रकम रहेपनि ठेक्का सकार १ करोड १४ लाख ७५ हजार ६ सय ११ मा भएको थियो ।
कार्यक्रममा भौतिक पुर्वधार मन्त्रालयका सचिव रामा अधार साह, परवानिपुर गाउपालिका अध्यक्ष हरिनारायण साह, प्रसौनी गाउपालिका अध्यक्ष भोला साह, परवानीपुर गापा उपाध्यक्ष सावित्री देवि, सडक डिभिजन कार्यालय प्रमुख दरोगा साह, नेपाल बार एसोसिएसनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह, जसपा नेपाल बारा ४ को अध्यक्ष सिताराम गुप्ता, जसपा परवानीपुर गापा अध्यक्ष जगत नरायण महतो, नेता जवाहिर महतो लगायत स्थानिय भद्रभलादमी तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।