सामाजिक विकास मन्त्री साहद्वारा पिसिआर ल्याबको उद्घाटन

23

सत्येन्द्र प्रताप सिंह
रौतहट, २ आश्विन ।
गत भदौ ३० गतेका दिन कोभिड–१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समिति रौतहट र जिल्लास्तरिय कोभिड(१९ संकट व्यवस्थापन केन्द्र रौतहटको संयुक्त बैठकबाट भएको निर्णयानुसार गौर अस्पतालमा स्थानीय तहको सहयोगमा समेत RT-PCR Lab स्थापना गरि संचालनमा ल्याउने निर्णय पश्चात आइसोलेशन सेन्टर, RT-PCR Lab संचालन एवं व्यवस्थापनका लागि हालसम्म जिल्लाका १३ वटा स्थानीय तह (माधवनारायण, परोहा, कटहरिया, गढीमाई, बृन्दावन, बौधीमाई, गरुडा, फतुवा विजयपुर, राजदेवी, गौर, गुजरा, राजपुर) ले रु. ५ लाखका दरले सहयोग रकम गौर अस्पताललाई उपलब्ध गराइसकेको र आज मिति २०७७/०६/०२ गतेका दिन गौर अस्पतालमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार सबैको एकीकृत प्रयासवाट PCR Lab स्थापना भइ प्रदेश नं. २ का सामाजिक विकास मन्त्री माननीय नवलकिशोर साह ज्यूवाट उक्त PCR Lab को समुद्घाटन भइ सेवा संचालनमा आएको र ६ घण्टामा ७२ जनाको पिसिआर चेक अप हुने मेसु कृष्णा साहले बताए।
सोही निर्णय अनुसार श्री जय किसान पोलिटेक्निक इन्ष्टिच्यूट धरहरीमा ३०० बेडको आइसोलेसन सेन्टर तयार भई संचालनमा रहेका छन्