ट्राफिक कार्यालय पर्सा र ग्रीन सिटिद्वारा सचेतना अभियानको थालनी

120

संतोष रन्जितकार
वीरगंज, ५ असोज ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीले सचेतना अभियान शुरु गरेका छन् । ट्राफिक कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले एक हप्तामा दुई पटक हुने गरी ट्राफिक सचेतनाका अभियानको शुरु गरेका हुन् ।
चीनको वुहान शहरबाट शुरु भई अहिले २१५ वटा देशमा फैलिएको कोरोना महामारीबाट आफु पनि बच्ने र अरुलाई पनि बचाउने तथा ट्राफिक नियमको समेत पालना गर्नको लागि साे सचेतना अभियान शुरु गरिएको हाे ।


सो अभियानमा घर बाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गरौ, एक अर्काबीच सामाजिक दुरी कायम गरौ, पसले र पसलमा आउने ग्राहकले माक्सको प्रयोग गरौ, पसलहरुमा अनिवार्य रुपमा सेनिटाइजर प्रयोग गरौ, मादक पदार्थ सेवन गरि सवारी नचलाउ, सवारी चलाउँदा ओभरटेक न गरौ, लेन अनुशासनको पलना गरौ, तिब्र गति तथा क्षमताभन्दा बढी यात्रु नराखौ, ट्राफिक संकेत र इसाराको पलना गरौ, सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, बिना हेल्मेट तथा सवारी परिवर्तन गरि मोटरसाइकल नचलाऔ, अनावश्यक हर्नको प्रयोग नगरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौ, सवारी साधन चलाउदा मोबाइलको प्रयोग न गरौ, शारीरिक असक्त भएका वृद्ध–बृद्धा, केटा–केटीहरुलाई सडकमा प्राथमिकताका साथ बाटो काट्नमा सहयोग गरौ, सवारी साधनको नियमित चेक जाँच गर्ने गरौ, ट्राफिक नियमको पलना गरौ, लगायतका नाराहरु लेखिएका पर्चा पम्पलेटहरु आदर्शनगरको विभिन्न पसल चौकमा बाडिएका थियो । भने उक्त नियमहरु पालना नगरेमा कारवाही समेत गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।


त्यस्तै अव्यवस्थित तरिकाले पार्किङ गरि राखिएका २५ भन्दा बढी मोटरसाकल धनीलाई कारवाही गरिएको पर्सा ट्राफिकका प्रहरी नायब निरीक्षक सुर्यबहादुर थापा मगरले जानकारी गराएका थिए । कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्मल पनेरु, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरीका अध्यक्ष जयप्रकाश खेतान, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, बिरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी बर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाहा लगायत स्थानीय बुद्धिजिवीहरुको सहभागीता रहेको थियोे ।