वीरगंजमा कोरोनाले थप ४ जनाको मृत्यु

170

संतोष रन्जितकार
वीरगंज, ४ असोज ।
कोरोना महामारीको प्रकोप अझै कम नभएको विषेज्ञहरुले दाबी गरेका छन् । वीरगंजमा उपचार गराईरहेका ४ जना बिरामीको कोरोनाको कारण मृत्यु भएको खबर प्रकाशमा आएको छ । मृत्युहुनेहरु नेशनल मेडिकल कलेजमा उपचार गराईरहेका रौतहट गौर नपाका ६१ वर्षीय पुरुष, बारा कलैया १३ का ६५ वर्षीय पुरुष, वीरगंज–४ बिर्ताका ७८ वर्षीय पुरुष र नारायणी अस्पतालमा उपचार गराइरहेका बिरगज रेशमकोठी ६ बस्ने बर्ष ८८ को पुरुषको पछिलो २४ घण्टामा मृत्यु भएको छ । कोरोनाले नेपालमा कुुल मृत्यु संंख्या ४११ पुगेको छ ।
नेशनल मेडिकल कलेजको नाममा बाबा होटल नगवामा आइसोलेशन सञ्चालन गरीएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्झौता गरी होटेलमा हस्पिटल संचालन गरिएको थियो । त्यस्तै नारायणी असप्तालको मातहत रहेको गण्डक कोभीड अस्थायी अस्पताल समेत यही १० गते सम्ममा खाली गर्ने भनेर तयारी भइरहेको छ । अस्पताल सञ्चालक रहबर अन्सारीद्वारा अस्पताल खाली गरीदिनु भनेर बिरगज महानगरपालिकालाई परिपत्र समेत गरी सकेका छन् । परिपत्रपछि गण्डक अस्पतालमा भित्रभित्रै नया बिरामी भर्ना लिन छोडिएको छ । अस्पताल खाली हुनेसँगै बिरगजमा सरकारी मातहतको कुनै आइसोलेशन रहने छैन । यता बिरगज हेल्थ केयर हास्पिटल समेत जेनरल हास्पिटल संचालन भइसकेको छ ।
यता पर्सा जिल्लामा कोभीड–१९ को परीक्षण घटाएर ग्रीन जोन बनाउन लागेको खुलासा भएको छ । पहिला पर्सा जिल्लामा मात्रै ३०० देखी ५०० को हराहरीमा सवाब संकलन हुने गरेकोमा अहिले १०० जनाको पनि संकलन नगरेको जानकारीमा आएको छ । रिपोर्ट गर्ने बेलामा बारा, रौतहट र पर्साको स्वाब परीक्षण समेत जोडेर देखाउने गरेको छ ।