संयुक्त एम्बुलेन्स चालक संघ रौतहटको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

34
 सत्येन्द्र प्रताप सिंह,
असोज ५ गते, रौतहट ।
संयुक्त एम्बुलेन्स चालक संघ को भातृ संगठन ट्रेड युनियन संघ रौतहटको दोस्रो जिल्ला सम्मेलन आज भव्यताका साथ सम्पन्न भएको छ ।
जिल्लाको शिवनग र स्थित शिव्दर्स न गेष्ट हाउसमा एक भव्य समारोहका बिच ट्रेड युनियन संघ को जिल्ला सम्मेलन सम्पन्न भएको हो ।
नेपाल इण्डो हस्पिटल प्राइभेट लिमिटेड भन्सार रोड रजतजयन्ती चोक वीरगञ्जको आयोजना तथा रौतहटका प्रदेश सांसद कुन्दन कुशवाहाको प्रमुख आतिथ्यमा उक्त सम्मेलन सम्पन्न भएको हो । संयुक्त एम्बुलेन्स चालक संघ को भातृ संगठन ट्रेड युनियन संघ को नयाँ पदाधिकारीहरु चयन गर्ने उद्देश्यले यो सम्मेलनको आयोजना गरिएको थियो ।
सम्मेलनलाई सम्बोधन गर्दै आयोजक संस्था नेपाल इन्डो हस्पिटल वीरगञ्जको सञ्चालक एवं प्रमुख डाक्टर चन्द्र शेखरले आफूले अति विपन तथा गरिब परिवारहरूलाई निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाएका छन् । उपचारका लागि पैसा नहुने गरिब परिवारहरूलाई उपचार गराउन आफ्ना हस्पिटलमा सम्पर्क गर्न डाक्टर चन्द्र शेखरले आग्रह गरेका हुन् । पैसाको अभावमा कसैलाई पनि अकालमै मृत्यु वरण गर्न नपरोस भन्ने सोचका साथ अति गरीबलाई निःशुल्क र मध्यम गरीबलाई एकदमै सहुलियत दरमा उपचार गर्ने उनले बताए ।
त्यस्तै देश र समाजको सेवामा सदैव तत्पर रहने प्रहरी, पत्रकार र एम्बुलेन्स चालकका घर परिवारका सदस्यहरूलाई पनि सकेसम्म निःशुल्क नत्र एकदमै सहुलियत दरमा उपचार गर्ने डाक्टर चन्द्र शेखरले घोषणा गरेका हुन । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद कुन्दन कुशवाहा, नेपाल सुनचाँदी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह, हेल्थ ल्याण्ड हस्पिटल का डाक्टर राकेश चौधरी, अनामिका हस्पिटल गरुडाका प्रमुख यम बिबिएस डाक्टर आरबी प्रसाद, विभिन्न हस्पिटलका डाक्टर, नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष रवीन्द्र साह लगयतहरुले आ आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रममा जिल्ला भरिका एम्बुलेन्स चालकहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।