९ लाख बराबरको भन्सार छलीका सामान सहित ट्रैक्टर पक्राउ

53

संतोष रन्जितकार
बारा, ४ असोज ।
बाराबाट ९ लाख बराबरको भन्सार छलिका सरसामानहरु सहित प्रहरीले एक ट्याक्टर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीको टोलिले बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं ६ पटेर्वाबाट ८ लाखका अवैध सरसामान बोकेका ट्याक्टर नियन्त्रणमा लिएको हो । बेवारिसे अवस्थामा फेला परेको बि ०५ जि बि २२०६ नं ट्याक्टर हाल भन्सार कार्यालय बीरगन्जमा बुझाईएको प्रहरीले जनाएको छ । यस्तै करिब १६ हजार ८ सय रुपैँया बराबरको २१ बोरा युरिया मल र र ८२ हजार २ सय ५० रुपैँयाबराबरको प्याज ६ बोरामा २४५ के।जी। र प्याज लोड गर्न प्रयोग गरिएको २ वटा मो।सा।सहित जम्मा रू।९९,०५०।( बराबरको भन्सार छलीका मालसामान समेत बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको अवैध सरसामान आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय बीरगन्ज पठाइएको छ ।