एम्बुलेन्स चालकहरुको मनोवल अझै बढाइरखानु पर्छ: नेकपा नेता रामजी साह

18

सत्येन्द्र प्रताप सिंह
असोज ६ गते, रौतहट ।
नेकपका नेता एवं नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह ले रौतहटका एम्बुलेन्स चालकहरुलाई आज खुलेरै प्रशंसा गरेका छन् ।
नेता साहले कोरोना जस्तो महामारीका बिच आफ्नो ज्यानको कुनै प्रवाह नै नगरी बिरामीहरूको लागि एम्बुलेन्स चालकहरुले देखाएको साहस र त्यागलाई खुलेर प्रशंसा गरेका हुन ।
नेपाल इन डो हस्पिटल वीरगन्जले रौतहटको शिवनगरमा आज आयोजना गरेको संयुक्त एम्बुलेन्स चालक संघ को दोस्रो जिल्ला सम्मेलन लाई सम्बोधन गर्दै नेकपा नेता समेत रहेका नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामजी साह ले यस्तो बताएका हुन् ।
बिरामीको समयमै हस्पिटल पुर्याई उनीहरूको ज्यान जोगाउनको निमित अहोरात्र खट्ने एम्बुलेन्स चालकहरुको मनोवल बढाउन सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्न नेता साहले आग्रह गरेका छन् । आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा २४ औं घण्टा खट्ने एम्बुलेन्स चालक लाई सम्मानपूर्ण व्यवहार गर्न र प्रोत्साहन गर्न सम्पूर्ण हस्पिटल हरुलाई उनले आग्रह समेत गरेका हुन् । ड्राइभि· को माध्यमले मजदूरी गरी आफ्नो गुजारा चलाउने एम्बुलेन्स चालक हरुको हक अधिकार सुनिश्चित गर्न तथा उचित पारिश्रमिक दिन उनले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराएका हुन ।