मेयर सरावगीद्वारा समुदायिक विद्यालयको शिलान्यास

43

सन्तोष रंजितकार,

बिरगंज  ।

बिरगंज महानगरपालिका वडा न १ मा दलित तथा अति बिपन्न वर्गका बालबालिकाहरुको लागी आधारभुत शिक्षा अध्यनका लागी ८ कोठा सहितको समुदायिक बिधालयको शिलान्यास  मेयर बिजय सरावगीलेे एक कार्यक्रमका बीच गरेेेका छन् ।
छठ घाट ब्यबस्थापन समितिका अध्यक्ष रबिन्द्र महतो कोइरीको अध्यक्षता बिधालय निर्माण हुन लागेको हो। उत्त स्थान नजिक छठ घाट रहेकोले सो स्थान सदुपयोग गरेको बिधालय संचालनमा आएपछि यस वडाका तिन टोल बासीका बाल बालिकाहरुको उज्वल भबिष्यको ख्याल गरी उत्त बिधालय निर्माण गर्न लागेको कोइरीले बताएका छन ।
शिलान्यास कार्यक्रमका प्रमुख अतिथी महानगरपालिकाका मेयर बिजय सरावगीले उत्त निर्माणकार्यको पुजामा सरिक भएर पहिलो इटा मसला जोडेर निर्माण कार्यको प्रकृयालाई अगाडी बढाउनुभएको छ।साथै सर्वसहमतिबाट उत्त बिधालयको नामाकंरण गायत्री आधारभुत्त बिधालय राख्ने निर्णय समेत भएको छ ।बुधालय निर्माण पश्चात आबश्यक बेन्च ,ड्रेसको लागी चाहिने कपडा समेत दिने प्रतिबद्धता मेयरले ब्यत्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा मुकेश दुबेद्दि,दिनेश साह,पिन्टु उपध्याय, बंशिधर गुप्ता,रबिन्द्रनाथ तिवारी,प्रेम साह,राजकुमार साह,रामरेखा पटेल,दिनेश चौरसिया लगायतको उपस्थिती रहेको थियो ।