सम्धीलाई सहुलियत

1,830

वीरगंज, ६ असोज ।

वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले आफ्नो सम्धी राजेश अग्रवालको शुभ श्री जगदम्बा सिमेन्ट का २९२ जना कर्मचारीहरुको स्वाब संकलन गराएर नारायणी अस्पतालमा    नि:शुल्क परिक्षणको लागि पठाएकाेे बुुुुझिएको छ । असोज ४ गते वीरगंज महानगरका कर्मचारीहरु मिलमा गई स्वाब संकलन गरेका थिए । सर्वसाधारणको स्वाब संकलन कार्य अहिले नारायणी अस्पताल र वीरगंज महानगरपालिकाबाट खट्ने स्वास्थ्यकर्मीहरुले बन्द गरेका छन् ।

वीरगंज महानगरपालिकाले उपलब्ध गराउने गरेको रिएजेन्ट नक्कली पर्ने गरेको कारणले गर्दा कैयौ पटक गलत रिपोर्टहरु आउने गरेको थियो । पछिल्लो समयमा महानगरको रिएजेन्ट प्रयोग गरेर ७२ जनाको स्वाब परिक्षण गर्दा जम्मैको रिपोर्ट पोजिटिभ आएकोले हाल परिक्षण बन्द गरिएको छ । अहिले सरकारले प्रति व्यक्तिको स्वाब परिक्षण शुल्क दुई हजार तोकेको छ । २९२ जनाको शुल्क ५ लाख ८४ हजार हुन आउँछ । मेयर सरावगीको सम्धी राजेश अग्रवालले पिसिआर मेशिन खरिद गर्न रु. ६ लाख चन्दा दिएका थिए ।