ममता राजकर्णीकारको निधन

2,072

वीरगंज, ८ असोज ।
वीरगञ्जस्थित क्रेष इन्टरनेशनल स्कूलकी प्रधानाध्यापिका तथा हिमाञ्चल केविनकी सञ्चालक ममता राजकर्णीकारको निधन भएको छ । कर्णिकार पाठशाला नेपालको सह सचिव र वूमेन स्कील सेन्टरकी संस्थापक समेत रहेकी उनको काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार दिउसो निधन भएको हो ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनलाई उपचारकोलागि काठमाण्डो लगिएको थियो । पछि कोरोना संक्रमण मुक्त भएपनि श्वास प्रश्वासमा समस्या रहेकोले उनलाई ग्राण्डी अस्पतालको अति सघन उपचार कक्षभित्र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । यस अघी उनकी ममतामयी आमा केदारनानी राजकर्णीकार र उनको भाई बिजय राजकर्णीकारको निधन भएको थियो । उनीहरु दुवै जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिजय राजकर्णीकार बीरगंज जेसीजका पूर्व अध्यक्ष समेत थिए ।
राजकर्णीकार परिवारको सामाजिक क्षेत्रमा पनि निकै सहभागिता रहेको थियो । ममता राजकर्णिकर वीरगञ्जको विभिन्न संघ संस्थामा समेत आबद्ध रहेकी थिइन । उनी सृजनशिल युवाहरुको संस्था संस्कृतीकी सल्लहाकार समेत थिइन ।
राजकर्णीकारको शुक्रबार काठमाडौँस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । राजकर्णिकार नेपाल अपाङ सघ पर्सासहित वीरगञ्जको विभिन्न संघ संस्थामासमेत आबद्ध रहेकी थिइन ।