लघु कविताः देशप्रति

62

लघु कविताः देशप्रति
दीक्षा सुवेदी

देशको लागि बाच्नु र मर्नु
दुवैमा सौभाग्य
जीवनमा पाईने सुख र दुख
आ आफ्नै सर्वज्ञ
हुदैन केही संसारमा
मानिसको लागि दुर्भाग्य
हुने कस्तो जीवन हाम्रो
हो हाम्रै कर्म र भाग्य।।

निश्चित दिशा पाएमा
जीवनमा फूल फुल्छ
परिश्रम गरि खानेलाई
कहाँ कसले छेक्छ
देशको माया लाग्नेको
मुटुमा देस अटाउँछ
होईन भने माटोको सुगन्धमा
पसिना गन्हाउँछ।।

पिठ्यु देखाई जानेलाई
कहिले कसले सम्झन्छ
नुनको भार तिर्न सके
जुनीमा सफल भइन्छ
अवसर धेरै भएमा
जसले पनि गर्न सक्छ
तर वीर कर्मठले
ढुङ्गामा फूल फुलाउँछ।।