अखिल नेपाल पिछडावर्ग पर्साद्वारा अतिविपन्न घरपरिवारलाई राहत सहयोग

25

संतोष रन्जितकार
वीरगंज, ९ असोज ।
वीरगंज महानगरपालिकाका विभिन्न वडामा रहेका अतिविपन्न ९० घर परिवारलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ ।
अखिल नेपाल पिछडावर्ग (ओबिसि) महासंघ पर्साले विगत १८ दिनदेखि खाद्यान्नका साथै दिर्घ रोगीहरुका लागी औषधि सहयोग जारी राखेको छ ।
ओबिसि महासंघ पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरको सहकार्यमा उक्त कार्यक्रमलाई निरन्तरता दिईएको छ । आज वीरगंज नयाँ टोलका ६ अतिविपन्न घर परिवारलाई सहयोग गरिएको संघका अध्यक्ष अकलेश साहले जानकारी दिए ।
उनले प्रतिपरिवार १० केजी चामल र १ केजी दालका साथै विपन्नताका कारण औषधि किन्न नसक्ने परिवारलाई समेत सहयोग गरेको जानकारी दिए ।
कोरोना महामारीबाट प्रभावित भएका परिवारलाई ओबिसि पर्साका सदस्यहरुको सहयोगमा आफ्नो व्यक्तिगत खर्चबाट राहत वितरण गरिरहेको अध्यक्ष साहले जानकारी दिए ।