नेपाली कांग्रेसका नेता रुङ्गटाद्वारा पेट बडी पापी गीतको बिमोचन

65

संतोष रन्जितकार
वीरगंज, ९ असोज ।
सन्देशमुलक भूजपुरी म्युजीक भिडियो “पेट बडी पापी” शुक्रवार एक बिशेष समारोहवीच संबिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटाले बिमोचन गर्नु भएको छ । बीरगंजको दरवार रेष्टुरेन्टमा आयोजना गरिएको बिमोचन कार्यक्रममा नेता रुङटाले म्युजीक भिडियो प्रोजेक्टरमा प्ले गरेर बिमोचन गर्नु भएको हो ।
तराईको सामाजिक ,आर्थिक तथा सास्कृतिक पक्षलाई समेटेर तयार पारिएको म्युजीक भिडियो सन्देशमुलक रहेको छ । शहर र गाउँमा सामाजिकताको स्तरमा रहेको फरक पनलाई म्युजीक भिडियोले सजिव चित्रित गरेको छ ।
मजदुरी गरेर जीवन निर्वाह गर्ने पात्रको कथालाई संगीतको माध्यमले प्रस्तुत गरिएको म्युजीक भिडियोमा शहरीया जीनमा मानवता शून्यता तर्फ गएको देखाइएको छ ।
आपतमा परेकालाई सहयोग गर्ने भन्दा पनि मोवाइल निकालरे भिडियो बनाउने आधुनीक संस्कृतिले मानवलाई सम्बेदनहिन बनाउदै लगेको सन्देश भिडियोमा सजीव रुपमा दृश्याइएको छ । शहरको तुलनामा गाउँको जनजीवनमा आज पनि एक अर्कालाई पर्दा सहयोग गर्ने मनहरु रहेको वास्तविक चित्र म्युजीक भिडियोमा उतार गरिएको छ ।
बिमोचन कार्यक्रममा संविधान सभा सदस्य रुङगटाले म्युजीक भिडियोले तराई मधेशको मात्र नभई नेपालको अवस्थालाई चित्रण गर्न सफल भएको बताउनु भयो । उहाँले भिडियोमा हाम्रो सांस्कृतीका पक्षहरुलाई पनि समेटिएको बताउनदै कलाकारहरुको परिश्रम न्यायपूर्ण रहेको बताउनु भयो ।
म्युजीक भिडियोले सिंगो नेपाली समाजको आर्थिक पछौटेपनले समाजमा ल्याएको दर्दनाक अवस्थालाई उजागर गर्न सफल भएको भन्दै नेता रुङटाले जब सम्म युवा र किशसान अगाडि आउदेनन तब सम्म देशको बिकास नहुने ठोकुवा गर्नु भयो ।
त्यसको लागि यहांका युवाहरुको एकवद्ध हुन जरुरी छ उहाँले भन्नु भयो म्युजीक भिडियोले परिर्वतनको दिशामा अग्रसर हुन पनि सन्देश दिएको र त्या अनुरुप युवाहरु अगाडि आउनु पर्छ ।
गितका निर्देशक राजन श्रीवास्तवले जिल्लाका युवाहरुलाई रास्ट्र एवं अन्तर्राष्ट्रिय सम्म नै चिनाउन एउटा नयाँ प्रयास भएको वताए । भोलन्टियर समुहका संयोजकसमेत रहेका श्रीवास्तवले स्वागत मन्तव्य राख्दै भोलन्टियर समुहको सहभागितामा भएको नयाँ प्रयासले भोजपुरी भाषाको संरक्षणको साथै वीरगंजको पहिचान गराउने बिश्वास व्यक्त गर्नु भयो ।
जेंवना भोजपुरिया सनेसा वीरगंजका अशोक कुशवाहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , जनता समाजवादी पार्टीका युवा नेता तबरेज अहमद, भिजिट मधेशका राष्ट्रिय संयोजक ओमप्रकाश सरार्फ, समाजिक अभियान्ता प्रकाश थारु लगायतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । संचालन संचारकर्मी माधुरी महतोले गर्नु भएको थियो ।
सोही कार्यक्रममा संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट विभूषित हुनुभएका नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सी. लामिछाने र ग्रिन सिटी आदर्शनगरका अध्यक्ष प्रकाश खेतानलाई भोलन्टियर समुहले सम्मानितसमेत गरेको थियो ।
नेकपाका युवा नेता प्रभाकर गुप्ताले पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लामिछानेलाई र भोलन्टियर समुहका अध्यक्ष राजन श्रीवास्तवले ग्रिन सिटीका अध्यक्ष खेतालाई खादा ओढाएर सम्मान गनुृ भएको थियो ।