रक्तदान कार्यक्रम सम्पन्न, २ महिलासहित ४५ जनाले गरे रक्तदान

42

संतोष रन्जितकार
वीरगंज, १० असोज ।
लायन्स क्लब अफ वीरगंज, लियो क्लब अफ गंजभवानीपुर र लियो क्लब अफ वीरगंजको संयुक्त आयोजनामा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

लायन्स सर्भिस सेन्टर वीरगंजमा भएको कार्यक्रममा २ महिलासहित ४५ जनाले रक्तदान गरेको लयन्स क्लब अफ बिरगंज लियो क्लब कि कार्यक्रम संयोजक भगवती सिग्देलले जानकारी दिएकी छिन्।


कार्यकमा रोशनी श्रेष्ठ सुनिता कुमारी दिपक कुमार गुप्ता, तिवारी यादब सुरज कुमार पाल धिरज कुमार यादव, संजय कुमार यादव, प्रितेश कुमार, बिशाल श्रेष्ठ, रुपेश पटेल, श्रीकान्त सहनी, पप्पु श्रीवास्तव, दिव्या गिरि, महेश कुमार पटेल, बिशाल यादव, सतेन्द्र पटेल, श्यामकिशोर पटेल, विजय कुमार साह, राकेश कुमार शर्मा, महेश साह, राजेश बर्णवाल लगायतकाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ वीरगंजका अध्यक्ष विजय कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, प्रहरी नायब उपरिक्षक मनोजित कुंवर, डा.मनोज गुप्ता, लियो क्लब अफ वीरगंजका अध्यक्ष मेराजुल हवारी, लियो क्लब अफ गंजभवानीपुरका अध्यक्ष विनय साह लगायतको उपस्थिति रहेको थियोे ।