जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा पत्रकार सम्मेलन

54

सत्येन्द्र प्रताप सिंह
रौतहट, ११ असोज ।

जिल्ला प्रहरी कार्यालय, रौतहटमा सरुवा भई आएका प्रहरी उपरीक्षक सिद्धी बिक्रम साहले आज आइतबार पत्रकार भेटघाट कार्यक्रममा पत्रकार र प्रहरीको भूमिका मिल्दोजुल्दो रहेकाले सुमधुर सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक शाहले तस्करी, मानव ओसारपोसार र लागूऔषध तस्करीविरुद्ध सीमा सुरक्षा र शान्ति सुरक्षालगायतका कार्यमा कुनै कमी आउन नदिने बताए ।

पत्रकारहरूको प्रश्नको जवाफ दिंदै उपरीक्षक शाहले धेरै लामो लक डाउन भएकाले बेरोजगारी समस्याले बिभिन्न किसिमको अपराधीक क्रियाकलाप बढेको बताउनुभयो ।

सञ्चारकर्मीहरूले जिल्लामा लगातार श्रृखलाबद्ध घटनाहरुका बिषय तथा बन्जराहा, औरैया, लक्ष्मीपुर, बेलबिक्षवा, बड्ढुल, जटहरा, महादेवपट्टिलगायतका नाकाहरूबाट दैनिक मानिसहरूको आवतजावत बढेको र भारतीय सामग्री अवैध तरीकाबाट नेपाल भित्रिरहेकाबारे प्रहरी प्रमुख शाहलाई जानकारी गराएका थिए ।

सञ्चारकर्मीहरूले , जिल्लामा अवैधरूपमा सञ्चालित क्रसर उद्योगले मापदण्डविपरीत नदी उत्खनन गरिरहेकामा सो रोक्न सुझाव दिएका थिए ।