नव जनकल्याण युवा संजालद्वारा बिरोध प्रदर्शन

58

सन्तोष रंजितकार,
बिरगंज ।

नव जनकल्याण युवा संजाल पर्साले चीनले नेपालको हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं. ६ लिमीको भुमि अतिक्रम गरेको बिषयलाई लिएर बीरगंजको घण्टाघरमा बिरोध प्रदर्शन गरेका छन् । हातमा प्लेकार्ड लिएर युवा संजाल का युवाहरूले चीनको सो कार्यको बिरोध गरेका थिए ।

कार्यक्रम नव जनकल्याण युवा संजाल का अध्यक्ष सगिर अली को अध्यक्षता मा भएको थियो भने प्रमुख वक्ता अली हसन , बिशिष्ट वक्ता विक्की राज पटेल र नुर आलम रहनु भएको थियोे । कार्यक्रममा संजय सर्राफ , प्रकाश पटेल,अविनाश यादव, कन्हैया साह, बिकास मेहता, संदीप पटेल, समीर हवारी , साहिल हसन , मुन्ना अंसारी , रहम अंसारी, शेष शहनवाज , नवीजान हवारी , भिम पंडित, कृष्णा पटेल , अंकुश पटेल , नितेश पटेल , अनिश पटेल अलीहसन , दिपक पटेल लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सहजीकरण विवेक कुमार झा ले गर्नु भएको थियो ।