सामुदायिक सेवा केन्द्र छपकैयाद्वारा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पनेरुको सम्मान तथा बिदाई

164

संतोष रन्जितकार
वीरगंज, ११ असोज ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैया–२ पर्साले सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैयाले पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पनेरुलाई सम्मान तथा बिदाई गरेको हो ।

मिति २०७६/०३/२५ गते देखि करिब १५ महिना पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्तामा प्रमुख पदमा कार्यरत रहि यस क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अबैध चोरी तस्करी नियन्त्रण तथा ईमान्दारीता, अनुसाशित र जिम्मेवारीपूर्ण रुपले उच्च मनोबलका साथ कार्य सम्पादन गर्नु भएकोमो वहाँलाई सम्मान गर्दै बिदाई गरिएको थियो ।

साथै वहाँले कोरोना भाईरस (कोभिड १९) महामारीको नियन्त्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको भन्दै प्रहरी निरीक्षक निर्मल पनेरुलाई एक कार्यक्रम बीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया–२ पर्साका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको नेतृत्वमा गएको टोलिले वहाँको कार्यालय मै पुगी खादा ओढाएर मायाको चिनो प्रदान गरेर सम्मान गर्दै बिदाई गरेको थियो । प्रहरी निरीक्षक पनेरु १५ महिना सेवा गरि वडा प्रहरी कार्यालय बिर्ता बाट सरुवा भैइ सिआईबी अफिस काठमाडौंमा जान लाग्नु भएको अध्यक्ष ठकुराईले बताउनु भयो ।

बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पनेरुले आफु यस क्षेत्रमा करिब १५ महिना यहाका जनताहरुको सेवा गर्न पाएकोमा धेरै खुशी लागेको र यहाका जनताहरुले गरेको माया र सहयोग कहिल्यै नबिर्सिने र सधै वीरगंजवासीलाई सम्झीरहने बताउदै सामुदायिक सेवा केन्द्र छपकैयालाई विशेष धन्यवाद दिएका थिए ।

सम्मान तथा बिदाई कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी छपकैया–२ का सचीव प्रबिण बिक्रम शाह, कोषाध्यक्ष श्रीमती प्रेम कुमारी सिंह, सदस्य अजित कुमार भुजेल, ज्याउल हक समानी, राईजि· बिरगंज नेपालका अध्यक्ष आरजु खान, प्रहरी बिट छपकैयाका प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।