सामुदायिक सेवा केन्द्र मुर्लीद्वारा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

29

संतोष रन्जितकार
वीरगंज, १२ असोज ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी मुर्लीको त्रिमुर्ति हलमा रहेको कार्यालयको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ७ महिला सहित ३२ जनाले रक्तदान गरेका हुन ।

रक्तदान गर्नु हुनेहरुमा गिता चौहान, रम्भा देबि, सीता ढुङ्गाना, सबिता कार्की , सर्मिला पौडेल, ईशा निरौला, प्रदीप कुमार निरौला, तुफान अन्सारी, राज कुमार साह, प्रेम बहादुर भन्डारी, अजय कुमार यादव, शिवशंकर साह, बिवेक लामिछाने, नितेश बर्णबाल, श्याम प्रसाद महतो, कृष्ण परियार, राकेश श्रेष्ठ लगायतकाले रक्तदान गरेका थिए ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीका सचिव दिलिप प्रधानको अध्यक्षतामा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुवँरको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा वरिष्ठ पत्रकार एवं जेष्ठ नागरिक जगदीश शर्मा, नेकपाका नेता एवं समाजसेवी शम्भु गुप्ता, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम शर्राफ, वडा नं. १३ का वडा अध्यक्ष तुफान अन्सारी, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक साह , जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पण्डित, ग्रिनसिटि सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सामुदायिक सेवा केन्द्र मिनाबजारका अध्यक्ष बिदुर गुप्ता, सामुदायिक सेवा केन्द्र बिर्ताका अध्यक्ष सालिकग्राम साह कानु, सामुदायिक सेवा केन्द्र मुर्लीका सस्थापक सदस्य हिरा गिरि, रुङ्ग्टा वेल फेयर सोसाइटीका सुरेश रुङ्ग्टा, युवा नेता अकलेश साह लगातय सन्चारकर्मी र स्थानियहरुको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार जगत राईले गर्नु भएको थियो ।