छाडा चौपाया नियन्त्रण गर्न अभियान सुरु

33

संतोष रन्जितकार
वीरगंज, १३ असोज ।
वीरगञ्जमा छाडा चौपाया नियन्त्रण गर्न अभियान सुरु गरेको छ । वीरगञ्जको मुख्य बजार क्षेत्रका चोकहरूमा छाडा पशुचौपायाका कारण सडक दुर्घटनाको जोखिम बढ्नका साथ् शहर कुरूप बन्दै गएपछि छाडाचौपायाको व्यवस्थापन थालिएको हो ।
वीरगञ्ज महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रिन सिटि सामुदायिक प्रहरी साझेदारी सेवा केन्द्रसँगको सहकार्यमा आजदेखि छाडा चौपाया नियन्त्रण अभियान सुरु गरेको छ ।
अभियानको पहिलो दिन २० वटा छाडा चौपायालाई नियन्त्रण लिइएको ग्रिन सिटि सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतनाले बताए । उनले बिहानै ४ बजेदेखि आफुहरु अभियानमा लागेको जानकारी गराउँदै दिउँसोपनि चौपायाहरुलाई नियन्त्रण गरिने जानकारी गराए ।
खेतनाले नियन्त्रणमा लिइएको चौपायाहरुलाई महानगरपालिका कार्यालयले व्यवस्थापन गरेको वीरगञ्ज आदर्शननगर स्थित काजी हाउसमा राखिएको जानकारी दिए ।
उनले अभियानमा वीरगञ्ज महानगरपालिका कार्यालयको नगर प्रहरीका प्रमुख हरि भुषाल, जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक कमल राज पण्डितलगायत अन्यको सहभागिता रहेको बताए ।
नियन्त्रणमा लिइएका चौपायाहरुलाई छाडन पाँच हजार जरिवाना तोकिएको खेतनाले जनाकारी दिए ।