जिल्ला अनुगमन समितिको बैठक सम्पन्न

106

संतोष रन्जितकार
वीरगंज, १३ असोज ।
जिल्ला अनुगमन समितिको बैठक आज सम्पन्न भएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले बजार अनुगमन कार्ययोजना तोक्ने सम्बन्धमा र सस्तो बजार तथा बजार मेला महोत्सव आयोजना गर्ने समेत निर्णय गरेको थियो ।
हिन्दुहरुको महानपर्व दसै, तिहार र छठ लगायतका चाडपर्वमा खाद्य वस्तु , जनस्वास्थ्य र औंषधिजन्री पर्दाथ , पशु र मासुजन्य पर्दार्थ र होटल रेस्टुरेन्ट आदिको जिम्मेवार निकाय र सहयोगी निकायहरुको संलग्नतामा चाडपर्व नजिक आईरहेकोले यस्तो अवस्थामा अखाद्य वस्तु , डेट एक्सपायर सामाग्री , कम तौल भएको र बढी मुनाफामा लिने हुदा त्यस्तो कार्यलाई रोक्न बजार अनुगमनलाई तिब्रताका साथ अघि बढाउने र साथै चाडपर्वको बेला उपभोक्तालाई सजिलो होस भन्दै घरेलु तथा साना उद्योग कार्यालय पर्सा र बिरगंज उद्योग बाणिज्य संघ पर्साको साझेदारीमा बजार मेला महोत्सव आयोजना र सस्तो बजार मेला आयोजना गर्ने समेत निर्णय गरिएको थियो ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ , बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय बिरगंजका निमित्त कार्यालय प्रमुख जित बहादुर भन्डारी , गुणस्तर तथा नापतौल कार्यालय बिरगंजका कार्यालय प्रमुख शशि भुषण यादव , उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य धिरज शर्मा , बिरगंज नगर अध्यक्ष अजित कुमार भुजेल , जिल्ला समन्वय समितिका निमित्त सहायक अधिकृत
छबीरमन भट्टराई , बिरगंज उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल केडिया, खाद्य प्रबिधि गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका कार्यालय प्रमुख बिक्की राउत , बिरगंज महानगर पालिकाका खाध प्रबिधि अधिकृत बिपिन कुमार दास र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक शन्कर प्रसाद चौधरी लगायतकाको सहभागिता रहेको थियो ।