दृष्टि आई हस्पिटलद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग

19

संतोष रन्जितकार
वीरगंज, १३ असोज ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि फ्रन्टलाइनमा खटिरहेका सुरक्षाकर्मीलाई वीरगञ्जस्थित दृष्टि आई हस्पिटलले स्वास्थ्य सामग्री सहयोग गरेको छ । हस्पिटलले मंगलबार एक कार्यक्रम बीच वडा प्रहरी कार्यालय श्रीपुरलाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको हो । कार्यक्रममा अस्पतालका प्रमुख विश्व राज गौतम र प्रमुख चिकित्सक डा. हरि शर्मालगायतको टोलिले वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दीपककुमार साहलाई मास्क, सेनीटाईजर, रोग प्रतिरोधात्मक औषधि, भिटामिन सी लगयातका औषधिहरु सहयोग गरेको थियो ।
कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, वीरगञ्ज युवा समाजका अध्यक्ष कमल चौगाईलगायतको सहभागिता रहेको थियो ।