कोरोना भाइरस विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न

45

संतोष रन्जितकार
बारा, १४ असोज ।
बाराको परवानिपुर गाउँपालिका वडा नं.३ लिपनिमालमा बुधबार कोरोना भाइरस विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
युरोपियन युनियनको आर्थिक सहयोग, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाको आयोजना र संरक्षण नेपाल तथा चाइल्ड नेपालको सहकार्यमा संचालित किशोरी संवाद कार्यक्रम अन्तर्गत भएको प्रतियोगिता सम्पन्न भएको हो ।
उज्वल किशोरी संवाद केन्द्र लिपनीमालमा भएको कार्यक्रममा मुस्कान किशोरी संवाद केन्द्र रामपुरटोकनीकी कलिता कुमारी महतो प्रथम, अनमोल किशोरी संवाद केन्द्र बुनियादका अनुपम कुमार मण्डल द्वितिय र मुस्कान संवाद केन्द्र कै चन्दा कुमारी महतो तृतिय भएको संवाद अधिकृत प्रकाश पाण्डेले जानकारी दिए ।
प्रभात संवाद सहयोग समितिका संयोजक शम्भु प्रसाद महतोको अध्यक्षता र परवानीपुर गाउँपालिकाको वडा नं. ३ का वडाध्यक्ष अनिल रामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा परवानीपुर गाउँपालिकाका शिक्षा संयोजक रबिन्द्र कुमार मिश्रा, शिक्षक अमोद यादव, कार्यक्रम सुपरभाइजर सुनेश्वर साह, एनिमेटर रोमा कुमारी झा लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन एनिमेटर रितेश कुमार मिश्राले गरेका थिए ।
एनिमेटर र किशोरकिशोरीहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई साबुन र सेनिटाइज पुरस्कारसमेत वितरण गरिएको थियो ।