प्रहरीले बेवारिसे अवस्थामा रहेको दुई वटा गाडी नियन्त्रणमा लिई भन्सार पठायो

382

संतोष रन्जितकार
वीरगंज, १४ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले बेवासिरे अवस्थामा दुईवटा गाडी फेला पारेको छ । भारतीय नम्बरको स्कारपियो तथा कारहरु चोरी पैठारी गरी पर्सा जिल्लाको ग्रामीण एरियाहरुमा चलाई रहेको विशेष सूचनाको आधार प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असोज ११ गते आइतबारका दिन सो गाडीहरु फेला पारेको हो ।
प्रहरीले वीरगंज महानगरपालिका वडा नं. १६ को चालिस फिट्टे सडकबाट भारतीय नम्बरको द्यच्घज्ञव् घटडज्ञ कार १ थान र द्यच्ण्छएब् डद्धछट नम्बरको स्कारपियो १ थान पक्राउ गरेको थियो । बरामद गरीएको गाडीहरु अन्दाजी मुल्य रु ४० लाख बराबरको रहेको प्रहरीले जनाएको छ । प्रहरीले उक्त स्थानमा गाडीको बारेमा स्थानीयहरुसंग सोधपुछ गर्दा कसैले हकदाबी नगरेकोले उक्त गाडी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको थियो । सो गाडी सम्बन्धि कोही कसैले पनि उक्त सवारी साधनसँग सम्बन्धित आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्न नआएको कारणले आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीद्वारा भारततर्फ तस्करी गर्न गोदाममा लुकाएर राखेको केराउ बरामद
भारततर्फ तस्करी गर्न गोदाममा लुकाइ राखिएको अवस्थामा प्रहरीले वीरगञ्जस्थित नेपाल(भारत सीमा क्षेत्रबाट ठूलो परिमाणको हरियो केराउ बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका(१६ इनरवास्थित नेपाल–भारत सीमा नजिकै गोदाममा रााखिएको अवस्थामा प्रहरीले बुधबार ३ हजार २५० क्विन्टल हरियो केराउसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार बाराको परवानीपुर गाउँपालिका(३ लिप्नीमा रहेको प्रिज्म एग्रो कमोडिटिज ट्रेडि· प्रालिका प्रोप्राइटर ललितपुर निवासी बेदान्तजंग राणाले उक्त केराउ गोदाममा स्टोर गरी राखेका थिए ।
भारततर्फ तस्करी गर्ने उद्देश्यले गोदाममा स्टोर गरी राखिएको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले केराउ नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
उनका अनुसार गोदामबाट ६ हजार ५ सय बोरा केराउ बरामद भएको हो । एउटा बोरामा ५० किलोका दरले केराउ प्याक गरेर भण्डारण गरी राखेको अवस्थामा केराउ बरामद गरिएको उनले बताए ।
बरामद गरिएको केराउको बजार मूल्य करिब २ करोड ६० लाख रुपैयाँ बराबरको रहेको सिंहले बताए ।
तस्करी गर्ने उद्देश्यले लुकाएर राखिएको केराउ बरामद भएपछि उक्त कम्पनीका म्यानेजर प्रभात श्रेष्ठ र ना.६त ८७१० नम्बरको ट्याक्टरलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनले बताए ।