ग्रीनसिटीद्वारा प्रहरी निरीक्षक निर्मल पनेरु सम्मानित

114

सन्तोष रंजितकार,

बिरगंज।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीनसिटी पर्साले आज सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरेको छ ।

मिति २०७६/०३/२५ गते देखि करिब १५ महिना पर्सा जिल्लाको वडा प्रहरी कार्यालय बिर्तामा प्रमुख पदमा कार्यरत रहि यस क्षेत्रमा शान्ति सुरक्षा, अपराध अनुशन्धान तथा नियन्त्रण , अबैध चोरी तस्करी नियन्त्रण , प्रहरी काम कार्वाही निस्पक्ष , व्यवसायिक ,ईमान्दारी , अनुसाशित र जिम्मेवारी पुर्ण रुपले उच्च मनोबलका साथ आफ्नो कार्य गर्दै कोरोना भाईरस ( कोभिड -१९ ) महामारीको नियन्त्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको भन्दै प्रहरी निरीक्षक निर्मल पनेरुलाई एक कार्यक्रम बीच सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा ग्रीनसिटी का अध्यक्ष जयप्रकाश खेतानको नेतृत्व मा खादा लगाउदै मायाको चिनोले सम्मान गर्दै बिदाई समेत गरेको थियो ।

प्रहरी निरीक्षक पनेरु १५ महिना सेवा गरि वडा प्रहरी कार्यालय बिर्ता बाट सरुवा भैइ सिआईबी अफिस काठमाडौंमा जान लाग्नु भएको पनेरु ले बताउनु भयो ।
सम्मान तथा बिदाई कार्यक्रममा ग्रीनसिटी समुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी केन्द्र का पदाधिकारी लगायत पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रहरी निरीक्षक कमल राज पण्डित श्रीपुर वडा प्रहरी कार्यालय का प्रहरी निरीक्षक दिपक साह बिपत ब्यवस्थापन का प्रमुख प्रहरी निरीक्षक सरोज प्रजापति आदर्शनगर प्रहरी चौकी का प्रहरी नयब निरीक्षक राजु बाबू यादब बुद्धिजीबी भद्रभलाद्मी संघ संस्था का युवाहरु को सहभागीता रहेको थियोे ।
बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पनेरुले आफूले यस क्षेत्रमा करिब १५ महिना यहाका जनताहरुको सेवा गर्न पाएको धेरै खुशी लागेको र यहाका जनताहरुले गरेको माया र सहयोग कहिल्यै नभुल्ने र सधै बिरगंजवासीलाई सम्झी रहने बताउदै सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी केन्द्र ग्रीनसिटी लाई विशेष धन्यवाद गरेका थिए ।