डा. केसिको समर्थनमा प्रदर्शन

40

सन्तोष रंजितकार,

बिरगंज ।

डा. गोबिन्द केसिको १९ औ सत्याग्रहको समर्थनमा डा. केसिको समर्थकहरुले जसपाल सिंहको नेतृत्वमा बिरगंजको नारायणी अस्पतालमा बिहान १०:३० देखि ११:३० बजे सम्म १ घण्टा प्रदर्शन एवम धर्ना बसेका थिए ।

सो कार्यक्रममा नेपाल चिकित्सक संघ पर्सा ले एक्यवद्धता जनाउदै डाक्टर हरु प्रदर्शन मा सहभागी भएका थिए । डा. केसि को माग अङ्कित नारा सहित को प्लेकार्ड लियेर अभियन्ता हरु सहभागिता जनाएका थिए । डा. केसि को सत्याग्रह नेपाली जनता एवम स्वास्थ्यक्षेत्र को लागि नै भएकोले अबिलम्ब बार्ता गरि माग पूरा गर्नु को साथै उहाको जिवनरक्षा गर्न सरकार संग नेपाल चिकित्सक संघ को आग्रह रहेको डा. निरज सिंह ले भनेका थिए । सो कार्यक्रम मा डा.अरुण कु. सिंह , डा. राजदेव कुशवाहा , डा. दिनेश कु. गुप्ता , डा. बिधान कोइराला ,डा. शैलेश ठाकुर , प्रकाश थारु , लालबाबु सिंह , कमल चौगाइ , मन्टु श्रेष्ठ ,केदार गुप्ता,गोपाल साह , दिपक पटेल,अविनाश झा लगायत को उपस्तिथि रहेको थियो ।