मुख्यमन्त्री र सांसदहरुद्वारा सडकको अनुगमन

102

संतोष रन्जितकार
वीरगंज, १५ असोज ।
प्रदेश न २ का मुख्यमन्त्री तथा सांसदसहितको टोलिले वीरगञ्जको छपकैयादेखी इनर्वासम्मको सडकको अनुगमन गरेको छ ।
मुख्यमन्त्रि लालबाबु राउत र पर्सा क्षेत्र न १ का सांसद प्रदिप यादवसहितका नेता तथा कार्यकर्ताको टोलिले आफ्नो निर्वाचन क्षेत्र बिरगंज महानगरपालिका वडा न. २ छपकैयादेखी वडा न. १६ इनार्वासम्म निर्माण गरिएको ५ किलोमिटर सडकको अवलोकन तथा निरिक्षण गरेको हो ।

साथै नया योजना निर्माणका लागि स्थलगत निरिक्षण र इनर्वा बासिहरुको घरघर मा पुगि भेटघाट तथा अन्य समस्याहरुको बारेमा समेत छलफल गरिएको टोलिमा सहभागि तत्कालिन समाजवादी पार्टीका जिल्ला सचिब तवरेज अहमदले जानकारी दिनुभयो ।
टोलिमा प्रदेश सांसद भिमा यादव, जनता समाजवादी पाटी जिल्ला अध्यक्ष रामनरेश यादव, लालदेव यादव, सलाउदिन अहमद, मदन यादव, बेटि पढाई बचाइ अभियान पर्साका अध्यक्ष अमोद यादव, वडाअध्यक्ष श्यामबाबु चौरासिया लगायतको उपस्थिती रहेको मूख्य मन्त्री राउतका स्वकिय सचिव दिपक यादबले जानकारी दिनुभयो ।