पटेलनगरमा नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न

30

सन्तोष रंजितकार,
वीरगंज, १६ असोज ।
पटेलनगरमा शुक्रवार नि:शुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । बीरगंज महानगरपालिकाको वडा नं २४ पटेलनगरमा पत्रकार राधेश्याम पटेलको संयोजनामा आयोजित शिविरमा १ सय २५ जनाको नि:शुल्क आँखाको चेकजाँच गरिएको थियो ।
चेकजाँच भएका मध्ये ४१ जनामा मोतियाबिन्दु फेला परेको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताएका थिए ।
मोतियाबिन्दु फेला परेका ४१ जनाको नि:शुल्क माट्रिका आई फाउण्डेशनले शल्यक्रिया गर्ने फाउण्डेशनका संयोजक धामीले जानकारी दिएका थिए ।
चेकजाँच गरिएकाहरुका लागि फाउण्डेशनले चश्मा लगायतका अन्य आवश्यक सामाग्री भने शुपथ मूल्यमा उपलब्ध गराउने छ ।