बालयौन, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

58

संतोष रन्जितकार
वीरगंज, १७ असोज ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालयौन, महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार नेपालका सम्पुर्ण महानगरपालिका, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सम्पुर्ण वडाहरुमा आर्थिक बर्ष २०७७÷२०७८ को असोज महिना देखि आषाढ मसान्तसम्म एक बर्षमा गर्ने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल पर्साले महिला हिंसा तथा घरेलु हिंसा कार्यक्रमको आयोजना गरेको हो । यो सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको असोज महिनाको पहिलो कार्यक्रम हो ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल १६ को अध्यक्ष रमेश चौधरीको सभापतित्वमा र मुनलाइट बोर्डिङ्ग स्कुल को प्र.अ. श्याम केशीको प्रमुख आतिथ्य सम्पन्न सो कार्यक्रममा बिशिष्ठ अतिथि कंचनजङ्गा बोर्डिङ्ग स्कुलका डाईरेक्टर मार्टिन मोक्तान रहनु भएको थियोे । कार्यक्रममा महिला हिंसा तथा घरेलु हिंसा सम्बन्धि विशेष कार्यक्रमको प्रस्तुती गरिएको थियो ।

त्यसैगरी टोलसमाजमा रहेका महिलाहरुले आ–आफ्नो गुनासो समेत पोखेका थिए । सोहीक्रममा सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्रका कार्यरत महिला हवल्दार सुनिता बिकले समाजमा भएको घटनाको जानकारी दिई सो घटनाको सामाधान गर्ने र आफूसंग न भएको निवारण माथिल्लो निकायसम्म लगि समाजको हिंसा निर्मुल गर्ने प्रतिबद्धता जनाएकी थिइन् भने उनले आफ्नो मोबाइल नम्बर समेत दिइ त्यस्तो घटनाहरु भएमा वा देखेमा जानकारी गरार्इ सेवा लिन सक्ने भन्ने बिश्वास दिलाएकी थिइन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्रका महिला उपाध्यक्ष सन्ध्या भट्ट, उपाध्यक्ष सन्जु दहाल, इन्दिरा पोखरेल, ग्यान माया रायमाझी, प्रहरी जवान कुमार बिक, भद्रभलाद्मी बुद्धिजिबी तथा महिलाहरुको समेत उपस्थिति रहेको थियोे भने कार्यक्रमको संचालन समुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्रका सचिब श्रावण रायमाझीले गरेका थिए ।