समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालयौन दुर्व्यवहार सम्बन्धि अन्तरक्रिया

40

संतोष रन्जितकार
वीरगंज, १७ असोज ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बालयौन दुर्व्यवहार सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्रहरीको केन्द्रिय कार्यालयको परिपत्र अनुसार नेपालका सम्पुर्ण महानगरपालिका, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सम्पुर्ण वडाहरुमा आर्थिक बर्ष २०७७÷२०७८ को असोज महिना देखि आषाढ मसान्तसम्म एक बर्षमा गर्ने कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ पर्साले बाल यौन दुव्र्यवहार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । यो सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ को असोज महिनामा दोस्रो कार्यक्रम रहेको सेवा केन्द्रले जनाएको छ ।

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैया–२ पर्साको आयोजनामा बिरगंज महानगर पालिका वडा न।३ को वडा समितिको कार्यालयमा अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको सभापतित्वमा र वडा नं.३ का वडा अध्यक्ष बैजु स्वर्णकारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा बिशिष्ठ अतिथि सिमा प्रहरी चौकी छपकैयाका प्रहरी नायब निरीक्षक अरुण कुमार सिंह, वडा नं. ३ का महिला सदस्य एवं बोर्ड सदस्य बर्कतुन नेसा, सामुदायिक सेवा केन्द्र छपकैयाका वरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, सचिव प्रबीण बिक्रम शाह, कोषाध्यक्ष प्रेमा कुमारी सिंह, सदस्यहरु अजित कुमार भुजेल, अब्दुल कैश, मोमिला खातुन, टीका देबि प्रसाईं, ऎसाहनुल हक (बिट्टु), राईजिङ्ग नेपालका अध्यक्ष आरजु खान, छपकैया प्रहरी बिटका प्रहरी सहायक निरीक्षक रामेश्वर प्रसाद यादव, प्रहरी हवल्दार देवेन्द्र पटेल, प्रहरी जवान राजकुमार तामाङ, स्थानीय महिला रुकसार खातुन, नज्नी खातुन, सोफिया खातुन, अमृता झा, मुन्ना तिवारी लगायतका स्थानीय बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको कोषाध्यक्ष प्रेमा कुमारी सिंहले गरेकी थिइन् भने कार्यक्रम संचालन सामुदायिक सेवा केन्द्रका सदस्य एवं सन्चारकर्मी अजित कुमार भुजेलले गरेका थिए।