नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई कोरोना संक्रमण

72

बिरगंज ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

१९ गते बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका लागि १ सय ६७ केन्द्रीय सदस्यसहित २ सय ४० जनाको स्वाब संकलन गरिएको थियो ।

नेता रिजाल कोरोना संक्रमित भएको नेपाली कांग्रेस पर्सा क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले सामाजिक संजाल मार्फत सार्वजनीक गर्नु भएको हो ।  नेता रिजाल कोरोना संक्रमित भएपनि कुनै किसिमको लक्षण नभएको उहाँले जानकारी दिनु भयो ।


कोरोना परिक्षणको लागि पार्टीले नै काठमाडौंबाट खटाएको टोलीले शुक्रबार नेता रिजालको स्वाब संक्रलन गरेर लगेको थियो । काठमाडौंमै गरिएको गरिएको परिक्षणमा नेता रिजालमा कोरोना पोजिटिभ देखिएको हो ।


शनिबार सांझ रिपोर्ट पोजिटिभ आएपछि नेता रिजाल वीरगंज स्थित  घरमा आइसोलेसमा बस्नु भएको छ ।  उहाँको सम्पर्कमा आउनु भएका सबैलाई आवश्यक परिक्षणलागि सहयोग गर्न र सर्तकता अप्नाउन समेत उहाँले अपिल गर्नु भएको छ ।