८ जना महिला सहित ८२ जनाद्वारा रक्तदान

18

संतोष रन्जितकार
वीरगंज, १७ असोज ।
महानगरपालिका वडा नं १४ मा ग्यालेक्सी युथ क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८ जना महिला सहित ८२ जनाले रक्तदान गरेका छन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले क्लबले गरेको कार्यक्रममको प्रसंशा गर्नु भयो । उहाँले सामाजको बिकास र सामाजिक काममा युवाहरुले निर्वाह गर्ने भूमिकाले निकै अर्थ राख्ने बताउनु भयो । रक्तदान जीवनदान हो यो धार्मिक मान्यताका आधारमा पून्यको काम समेत भएको उहाँले बताउनु भयो ।

सम्बिधान सभाका सदस्य अनिल रुङगटाले रक्तादाद मानवीय काम भएकोले ग्यालेक्सी युथ क्लब धन्यवादको पात्र भएको बताउनु भयो । उहाँले रक्तदाता सबैलाई मानवीय काममा रगतको दान गरेर योगदान दिनु भएकोमा धन्यवाद दिनु भयो ।उहाँले कोरोना संकटको बेलामा पनि क्लवले रक्तादान कार्यक्रमको आयोजना गरेर मानवताको पक्षमा राम्रो सन्देश दिएको बताउनु भयो ।
उहाँले बिकासको बाटोमा युवाहरुको पहलकदमी र नेतृत्व आवश्यक भएको चर्चा गर्नु भयो । एलएस न्युरो जनरल अस्पताल तथा ग्यालेक्सी युथ क्लबको संयुक्त आयोजना भएको वृहत रक्तदानमा कार्यक्रम क्लबका अध्यक्ष राजेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा न्युरो अस्पतालका सञ्चालक डा. श्यामबाबु प्रसाद, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, डुग्गड ग्रुपका फाईनान्स मैनेजर श्याम पटेललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्लबका सचिव साजन पटेलले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरुले रक्तदाताहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।