नेशनल मेडिकल कलेजमा पिसिआर परिक्षण गर्ने ल्याब संचालन

52

संतोष रन्जितकार
वीरगंज, १९ असोज ।
वीरगंजस्थित नेशनल मेडिकल कलेजले वीरगञ्जको नगवामा रहेको बाबा होटलको अस्थायी नेशनल मेडिकल कलेज कोरोना अस्पतालको लागि पीसीआर (एऋच् :यभिअगबिच) ल्याब सञ्चालन गरेको छ ।


कोरोना महामारी नियन्त्रणका लागि उक्त पी सी आर मेसिन नेशनल मेडिकल कलेजले खरिद गरि संचालनमा ल्याएको छ।
पीसी आर मेसिन को आज दिउँसो २ बजे पर्साको प्रमुख जिल्ला अधिकारी असमान तमांग , संस्त्र प्रहरीका प्रमुख र नेशनल मेडिकल कलेज का चैयर मैन जैनुदिन अंंसारी लगायतको संयुक्त रूपमा उद्दघाटन भएको छ।


कोरोना अस्पताललाई विश्व स्वास्थय संगठन (ध्ज्इ) को मापदण्ड अनुसार र आधुनिक सुविधा सम्पन्न तरिकाले बनाएर सञ्चालन मा ल्याए पछि हाल पी सी आर मेसिन पनि संचालनमा ल्याएको छ।
भोलि देखी पि.सि आर. मेसिन संचालनमा आउने र उक्त मेसिनमा परीक्षण गरिएको ३ घण्टा भित्र रिपोर्ट आउने सक्ने क्षमता रहेको मेडिकल प्रमुख जैनुदिन् अंसारी ले बताएका छन ।
बाहिर बाट आएर परीक्षण गराउँदा २००० हजारको लागतमा परीक्षण गरिने र परीक्षण गराई कोरोना संक्रमित हुँदा बिरामीलाई फेरि परीक्षण नि:शुल्क गरिने साथै बिरामीलाई खाना , बेड देखि पुरै औषधी समेत नि:शुल्क रहेको मेडिकल प्रबंधक अंंसारीले बताउनु भयो।