उपभोक्ता हित संरक्षण मंच प्रदेश २ द्वारा पर्सा प्रजिअ मार्फत प्रम ओलीलाई माँगपत्र

56

संतोष रन्जीतकार
वीरगंज, २१ असोज ।
उपभोक्ता हित संरक्षण मंच प्रदेश २ ले पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमंत्री के.पी. शर्मा ओलीलाई १५ सुत्रीय माग पत्र बुझाएको छ । उपभोक्ता हित संरक्षण मंच प्रदेश नं. २ का अध्यक्ष के.सी. लामिछाने र केन्द्रीय सदस्य धिरज शर्माको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङ मार्फत प्रधानमन्त्री के.पी शर्मा ओलीलाई मागपत्र बुझाएको हो ।

मंचले स्वच्छ बजार तथा उपभोक्ता हित संरक्षणमा सरकारको विशेष ध्यान पुर्‍याउन आवश्यक भएकोले आपुर्ति तथा उपभोक्ता हित तथा संरक्षण लागि छुट्टै मन्त्रालयको स्थापना गर्न माँग गरेको छ ।
मंचले उपभोक्ता मर्काका विरुद्ध गुनासो व्यवस्थापन गर्न तथा उपभोक्ता सम्वद्ध निकाय वा अधिकारीहरुबाट भईरहेका कारवाहीको नियमन गरी आवश्यक सुझाव तथा सिफारिस गर्नका लागि अधिकार सम्पन्न उपभोक्ता संरक्षण आयोगको स्थापना माँग गरेको सो पत्रमा उल्लेख गरिएको छ ।

सो पत्र बुझाउनेमा उपभोक्ता हित संरक्षण मन्चका बिरगंज महानगर सचिब प्रीती सिंह महानगर कोषाध्यक्ष सन्तोष रन्जीतकार,सदस्य मन्सुर खान राजन श्रीवास्तव, राहुल गुप्ता, जाकिर हुसेन तथा उपभोक्ता अधिकारकर्मीको उपस्थिती रहेको थियो । टोलीले माग पत्र पेश गरेको हो ।