नगर प्रमुख मेहताद्वारा कोरोना अस्थायी अस्पताल उदघाटन

28

सत्येन्द्र प्रताप सिंह
रौतहट, २१ असोज ।
रौतहटको इस्नाथ नगरपालिकामा पहिलो पटक कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । इस्नाथ नगरपालिका वडा नं ९ परोहा डुमरिया हेल्थ पोस्टमा आजदेखि कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा आएको हो ।
नगर प्रमुख सन्तोष कुमार मेहताले आज एक कार्यक्रमका बीच उक्त अस्थायी अस्पतालको उदघाटन गरेका छन । नगर प्रमुख मेहताले उदघाटन गरेसँगै आजैदेखि उक्त कोरोना अस्थायी अस्पताल सञ्चालनमा आएको छ । इस्नाथ नगरपालिकाको आर्थिक सहयोगमा उक्त अस्पताल सञ्चालन गरिएको मेयर सन्तोष कुमार मेहताले बताएका हुन् । कोरोना लागेका संकास्पद व्यक्ति तथा कोरोना को लक्षण देखिएको व्यक्तिहरूको उपचार गर्नको लागि उक्त अस्थायी अस्पताल सञ्चालन गरेको मेयर मेहताले बताए । नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै तत्काल को लागि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना अस्थायी अस्पताल सञ्चालन गरिएको मेयर सन्तोष कुमार मेहताले बताएका छन् । अस्पतालमा कोरोना लागेका संकास्पद बिरामीको उपचारको लागि एमडी डा. रविकुमार मेहतालाई खटाइएको उनले बताए ।
कोरोना बाट आफ्ना नगरवासीको ज्यान जोगाउन तथा समुदाय स्तरमा कोरोना फैलन नदिन उक्त अस्थायी अस्पताल सञ्चालन गरिएको मेयर मेहताले प्रष्ट परेका हुन् ।
उदघाटन समारोहमा वडा नं ९ परोहाका वडा अध्यक्ष रामबाबु राय यादव लगाएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
नगर बसीको हितको लागि कोरोना अस्थायी अस्पताल सञ्चालन गरेको भन्दै स्थानीय बासीहरु निकै हर्षित हुँदै मेयर सन्तोष कुमार मेहता लाई धन्यवाद दिएका छन् ।