पर्सा ट्राफिक र ग्रीन सिटीद्वारा ट्राफिक सचेतना अभियानलाई निरन्तरता

ट्रान्सपोर्टहरुलाई रातीको समयमा मात्र सामानहरु लोडअनलोड गर्न पाइने

70

संतोष रन्जितकार
वीरगंज, २१ असोज ।
ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सचेतना अभियानलाई निरन्तरता दिएको छ । हप्तामा दुई पटक हुने गरी ट्राफिक सचेतनाका अभियानलाई ट्राफिक कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रले निरन्तरता दिएको हो ।

सो अभियानमा मादक पदार्थ सेवन गरि सवारी नचलाउ, सवारी चलाउँदा ओभरटेक न गरौ, लेन अनुशासनको पलना गरौ, तिब्र गति तथा क्षमताभन्दा बढी यात्रु नराखौ, ट्राफिक संकेत र इसाराको पलना गरौ, सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, बिना हेल्मेट मोटरसाइकल नचलाऔ, अनावश्यक हर्नको प्रयोग नगरौ, सुरक्षित तथा तोकिएको स्थानमा मात्र सवारी पार्क गरौ, सवारी साधन चलाउँदा मोबाइलको प्रयोग न गरौ, शारीरिक असक्त भएका वृद्ध–बृद्धा, केटा–केटीहरुलाई सडकमा प्राथमिकताका साथ बाटो काट्नमा सहयोग गरौ, सवारी साधनको नियमित चेकजाँच गर्ने गरौ, ट्रान्सपोर्ट अगाडीको बाटोमा ट्रकबाट सामानहरु लोड–अनलोड गर्न नपाउने र ट्रान्सपोर्टले आफ्नो कम्पाउण्डमा मात्रै लोड अनलोड गर्न पाउने, ट्राफिक नियमको पलना गरौ, लगायतका नाराहरु लेखिएका पर्चा पम्पलेटहरु आदर्शनगरको विभिन्न ट्रान्सपोर्टमा बाडिएको थियो । भने उक्त नियमहरु पालना नगरेमा कारवाही समेत गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जनाएको छ ।
त्यस्तै अव्यवस्थित तरिकाले पार्किङ गरि राखिएका केही सवारी धनीलाई कारवाही गरिएको पर्सा ट्राफिक प्रहरीले जानकारी गराएका थिए ।

त्यसैगरी पर्सा ट्राफिकका प्रहरी निरिक्षक कमल राज पण्डितले ट्रान्सपोर्टहरुले राती ९ बजेदेखि बिहान ५ बजेसम्म बाटोमा लोड अनलोड गर्ने पाइने तथा सो अवधिबाहेक बाटोमा लोड–अनलोड गरेको पाइएमा नियमानुसार कारवाही गरिने जनाएका थिए । दिउंसोको समयमा बाटोमा ट्रक राखेर लोड अनलोड गर्दा बाटोमा आवत–जावत गर्ने मोटरसाईकल, साईकल तथा अरु गाडीहरुलाई समेत समस्या हुने भएकोले रोक लगाइएको पर्सा ट्राफिकका प्रहरी निरिक्षक पण्डितले बताए । उनले बाटोमा यसरी दिनको समयमा लोड–अनलोड गर्दा दुर्घटनाहरु समेत हुने गरेकोले जोबाट जोगिनको लागि यस्तो नियमहरु लगाइएको र सोको पूर्ण रुपमा ट्रान्सपोर्टहरुले पालना गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा पर्सा ट्राफिक कार्यालयका प्रहरी निरीक्षक कमलराज पण्डित, बिर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राज पुरी, बिपत ब्यवस्थापनका प्रहरी निरीक्षक सरोज प्रजापति, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतान, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, वीरगंज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता, बिष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी वर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाहा लगायत स्थानीय बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।