महानगरको मुख्य सडकमै छाडा चौपाया छोडिदिँदा दुर्घटनाको जोखिम बढदै

48

सन्तोष रंजितकार
बिरगंज।
बिरगंज महानगरपालिकाको मुख्य सडकमै छाडा पशु चौपाया छोडिदिँदा दुर्घटनाको जोखिम बढेको छ ।

महानगरपालिकाको मुख्य चोक घण्टाघर, माईस्थान, गहवामाई क्षेत्र र भित्री गल्लीहरुमा पनि पशु चौपाया खुल्लम खुल्ला छोड्ने गरिएको छ ।

छाडा चौपाया सडक ढाकेर बसिरहँदा ससाना सवारी साधन चलाउन र पैदल यात्रुलाई हिँड्नसमेत सकस पर्ने गरेको छ ।

एक त जीर्ण सडक छ अर्कोतर्फ पशु चापाया सवारी साधन चलाउँदा निकै जोखिम मोलेर चलाउनुपर्ने बाध्यता रहेको सवारी चालकहरुले बताएका छन्।

छाडा चौपायाको कारणले ट्राफिक ब्यवस्थापन गर्न नि कठिनाइ आइरहेको मुख्य सडकमा खटेका खट्दै आएको ट्राफिक प्रहरी भन्छ। छाडा चौपायाको कारणले ठुलो दुर्घटना न होला भन्ने भन्न सकिन्न । समयमा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने नगरवाशी गुनासो रहेको छ।