वीरगंज बसपार्कको व्यवस्थापन सम्बन्धमा छलफल

49

संतोष रन्जितकार
वीरगंज, २१ असोज ।
वीरगंज बसपार्कको व्यवस्थापन सम्बन्धमा बस व्यवसायी, वडा प्रहरी कार्यालय श्रीपुर, पर्सा ट्राफिक प्रहरी र स्थानिय बिच बैठक बसी छलफल भएको छ । बसपार्क ट्रमिनल भवनको प्रा·णमा बुधबार बसेको सो बैठकमा बसपार्कको व्यवस्थापन, लामो तथा छोटो दुरीमा चल्ने बसमा यात्रुहरुलाई लुटने ठगिने जस्ता कार्यहरुको नियन्त्रण तथा रोकथामको सम्बन्धमा छलफल गरिएको हो ।

बैठकले ४ (चार) वटा निर्णय गरेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक साहले जनाएका थिए । उनका अनुसार हरेक बस व्यवसायी समितीबाट १/१ प्रतिनिधीहरुको सहभागी गराई अनुगमन टोली बनाउने, वीरगंजबाट संचालन विभिन्न रुटमा संचालित बसहरु बसपार्क भित्रबाट यात्रुहरुलाई बसमा चढाउने र ओराल्ने, बसबाट यात्रागर्ने यात्रुहरु ठगीएमा र लुटिएमा त्यसको चालक सह–चालकलाई कानुन बमोजिम कारवाही गर्ने, त्यसको आर्थिक दायित्व सम्बन्धित संचालक समितीले व्यहोर्नु पर्ने र यात्रुहरुलाई ताना–तान गरि दु:ख दिने बिचौलियाहरुलाई आवश्यक कानुनको दायरामा ल्याउने जस्ता निर्णयहरु बैठकमा गरिएको थियो ।
बैठकमा जिल्ला ट्राफिक प्रहरी पर्साका प्रहरी निरीक्षक कमल राज पंडित, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह, बसपार्क प्रहरी चौकिका प्र.ना.नि उपेन्द्र यादव, पृथ्वी राजमार्गका बस संचालक संयोजक सुमन श्रेष्ठ, बस व्यवसायी जगत प्रसाद साह कानु, बस व्यवसायी बिनोद मानन्धर, बस व्यवसायी लक्ष्मण थापा, संचारकर्मी केसि लामीछाने, संचारकर्मी अनिल साह लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।