सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

54

सन्तोष रंजितकार
वीरगंज, २१ असोज ।
कुम्हालटोल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरीले स्वागत तथा परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी रहनु भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक ले सामुदायिक प्रहरीलाई हातेमालो गरी समाजको विकृतिहरुलाई समाजबाट उखेलेर बाहिर फाल्नु पर्ने, समाजको शान्ति सुरक्षामा कुनै कसर बांकी नराख्ने दोषीलाई कानुनी कठ्घरामा पुर्‍याउने र समाजको निम्ति राम्रो काम गर्ने प्रहरी निरिक्षक राजेश राज पुरीले प्रतिवद्धता जाहेर गरेका थिए ।

सोही कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसियाले शान्ति सुरक्षामा सहज होस भनी वडा नम्बर ५ को विभिन्न स्थानमा सिसी क्यामरा जडान गर्न आफुले बजेट समेत छुट्याएको र छिटो भन्दा छिटो जडान पनि गर्ने जानकारी गराएका थिए ।
सामुदायिक सेवा केन्द्र तथा सामुदयिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र का पदाधिकारी महिला उपाध्यक्ष संजु दाहाल, सन्ध्या भट्ट, सियाराम नेपाली, शिव गोयल, श्रीरामबाबु रायमाझी, सम्झना मल्ल, इन्दिरा पोखरेल, भवानी पौडेल, तारा बिस्ठ, राम लक्षमण रौनियार, मनोज कुमार साह, सामुदायिक सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्रका महिला हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार बिक, लगायत स्थानीय भद्रभलादमी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको संचालन सामुदायिक सेवा केन्द्रका सचिव श्रवण रायमाझीले गर्नु भएको थियो ।