ग्रीन सिटीद्वारा वीरगंजलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रमको आयोजना

63

संतोष रन्जितकार
वीरगंज, २४ असोज ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । वीरगंजलाई हराभरा बनाउने उद्देश्यले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।
ग्रीन सिटीले वीरगंजको आदर्शनगर देखि मकालु होटेल, लगायतका चौकहरुमा विभिन्न प्रजातीका ८० वटा बिरुवा रोपिएको ग्रीन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले अंकुश दैनिकलाई जानकारी गराएका थिए ।

ग्रीनसिटी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा सञ्चालन गरिएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामा· रहनु भएको थियो ।
प्रमुख अतिथि प्रजिअ तामा·ले बिरुवा रोपेर त्यसमा पानी हाली कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैले वृक्षारोपण गरेर वीरगंज हराभरा बनाउने अभियान सफल पार्नमा सहयोग गरेका थिए ।
कार्यक्रममा भारतिय महावाणिज्य दूतावास वीरगंजका नितेश कुमार, वीरगंज महानगरपालिकाका प्रमुख अधिकृत प्रदिप कुमार निरौला, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवर, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक तथा समाजसेवी डा.दिपक शाक्य, पर्सा ट्राफिक प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, प्रदेश नम्बर २ बिपद ब्यवस्थापन वीरगंजका प्रहरी निरीक्षक सरोज प्रजापति, बिपिओ सिर्सियाका स.प्र.नि दिनेश बानिया लगायत भद्रभलाद्मी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।