जगरनाथपुरमा नि:शुल्क आँखा शिविर सम्पन्न

29

संतोष रन्जितकार
वीरगंज, २४ असोज ।
जगरनागथपुर गाउँपालिकामा शनिबार नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ । दाइजो एवम समाजिक कुरिती विरुद्ध जागरणको आयोजना, जगरनाथपुर गाउँपालिकाको सहकार्य तथा दृष्टि अाँखा अस्पताल एण्ड रेटिना सेन्टरको प्राबिघिक सहयोगमा सो आँखा शिविर सम्पन्न भएको हो ।
सो शिविर जगरनाथपुर गाउँपालिकाको वडा नं. ४ स्थित श्री नेपाल प्राथमिक विद्यँलय सुहपुरको प्रांगणमा सम्पन्न भएको थियो । जगरनाथपुर गापाको वडा नं. ४ का वडा अघ्यक्ष श्री प्रभुनाथ प्रसाद चौघरीको अध्यक्षतामा सम्पन्न भएको शिविरको प्रमुख अतिथि गापा अघ्यक्ष श्री जालिम मियाँ रहनु भएका थिए ।

नि:शुल्क आँखा शिविरमा १७० जनाले आ–आफ्नो अाँखाको चेकजाँच गराई शिविरको लाभ उठाएका थिए भने चेकजाँच भएकाहरु मध्ये ८४ जनामा मोतियाबिन्दु फेला परेको संस्थाका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीले अंकुश दैनिकलाई जानकारी गराएका थिए । मोतियाबिन्दु फेला परेका मध्ये २० जनाको स्वास्थ्य बिमा रहेकोले अस्पतालले उनीहरुलाई नि:शुल्क शल्यक्रिया गरिने तथा बाकी ६४ जनालाई गा पा अघ्यक्ष जालिम मियाँले आफ्नो बजेटबाट रकम छुट्याएर शल्यक्रिया गराउने अध्यक्षले बताएका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य समाजसेवी ठाकुर प्रसाद चौघरी गरेका थिए भने कार्यक्रम संचालन सोही संस्थाका अघ्यक्ष बृजेश्वर प्रसाद चौघरीले गर्नु भएको थियो । कार्यक्रममा दृष्टि अाँखा अस्पतालका प्राबिघिक प्रमुख संजय चौघरीको सहभागिता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य ब्रजेश यादव,शिवनाथ चौघरी,प्रेमचन्द चौघरी,शंकर चौघरी भद्रभद्मी बुद्धिजिबी लागायत स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।