नवदुर्गाको मुर्ति बनाउन रौतहटमा कालिगढहरुलाई यतिखेर भ्याईनभ्याई

65

सत्येन्द्र प्रताप सिंह
रौतहट, २४ असोज ।
दुर्गा पुजा नजिकिएसँग रौतहटमा मुर्ति बनाउन यतिखेर मुर्तिकारहरु व्यस्त रहेका छन । यस वर्षको दशैं यहि कार्तिक १ गतेदेखी शुरु हुँदै छ । कार्तिक १ गते घटस्थापना रहेको छ । यहाँको नगर मात्र होइन, गाउँका चोकचोकमा पनि घटस्थापनाका दिन दुर्गा मूर्ति स्थापना गरिन्छ । नवदुर्गा अवधिभर पूजा गर्ने प्रचलन यहाँ वर्षौंदेखि छ । दशै शुरु हुन अब ९ दिन मात्रै बाँकी रहेकोले रौतहट सहित बारा, पर्सा, सर्लाही लगाएतका जिल्लहरुमा नव दुर्गा माताको मुर्ति बनाउन मुर्तिकारहरुलाई यतिबेला भ्याई नभ्याई रहेको छ ।
दुर्गा पुजामा माटोको मुर्ति विक्रि गर्नको लागि माटोको दुर्गाको मुर्ति बनाउन मुर्तिकारहरु अहिले रातदिन खटिरहेका छन ।
रौतहटको विभिन्न स्थानमा १ महिना अघिदेखी नै मुर्तिकारहरु कडा मिहनतका साथ दुर्गा माताको मुर्ति बनाईरहेको देखिएको छ ।
आफुले मुर्ति बनाउन शुरु गरेको दिनदेखी अहिले सम्म २० भन्दा बढी मुर्ति बनाईसकेको मलाही टोल बजारमा मुर्ति बनाउँदै गरेका मुर्तिकार दिलबाबु कुम्हारले बताउनुभएको छ ।
जिल्लाको कटहरीया, गरुडा, मलाहीटोल, समनपुर लगाएतका बजारका साथै सदरमुकाम गौरको एक दर्जन भन्दा बढी स्थानमा ठूलो संख्यामा मुर्तिकारहरुले यतिखेर कडा परिश्रम गरेर नवदुर्गाको मुर्ति बनाईरहेका छन ।
आफुले अहिले सम्म २५ देखी ३५ वटासम्म मुर्ति बनाईसकेको गौरमा मुर्ति बनाईरहेका मुर्तिकार शम्भु कलवारले बताउनुभएको छ ।
१ देखी २ हजारसम्म लागत खर्चमा मुर्तिकारहरुले बनाउने माटोका मुर्ति ५ हजारदेखी २० हजार सम्मा बिक्री हुने गर्दछन ।
आफुहरुले ५ हजारदेखी २० हजार सम्मको मुर्ति बनाईरहेको मुर्तिकारहरुको भनाई छ ।
त्यस्तै आफुले प्रत्येक वर्ष यो सिजना १ महिनामै मुर्ति बनाएर नै १ देखी २ लाख रुपैया सम्म आम्दानि गर्ने गरेको राजपुर नगरपालिका ७ अकोलवा बजारमा मुर्ति बनाउँदै गरेका गोपाल साह कानुले बताउनुभएको छ ।
मुर्तिकार कानुले पुख्र्यौली पेशाका रुपमा रहेको मूर्तिकला पेशा लाई निरन्तरता दिदै यस वर्ष पनि दुर्गाको मुर्ति बनाउनुभएको छ ।
परिवारको जीवीकोपार्जनकै लागि वर्षै देखि मुर्ति बनाउने पेशामा लागेका कानुले यस वर्ष २० वटा मूर्ति बनएले हए त ५ जनालाई रोजगार समेत दिएका हुन ।
सानै उमेरदेखि आफ्नै बुवा सँग बसेर घरमा मूर्ति बनाउने कला सिकेको कानुले माटोको मूर्ति बिक्रि गरेर वार्षिक रुपमा लाखौको आम्दानी गरेर १० जनाको परिवार समेत पाल्दै आउनुभएको छ ।
मिहनत बढी र लागत थोरै लागने भएकाले पछिल्लो समय मुर्ति बनावेके लुर सिखेला र बनाउने तर्फ युवाहरु आकर्षित पनि हुदै गएको छ ।