प्रभु हस्पिटलको प्रथम स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम

19

संतोष रन्जितकार
वीरगंज, २४ असोज ।
प्रभु हस्पिटलको प्रथम स्थापना दिवस तथा वार्षिकोत्सवको अवसर पारी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजस्थित प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टरले शनिबार अस्पताल प्रा·णमा सो रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हस्पिटल एण्ड रिसर्च सेन्टरका संचालक डा. मनोज कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको रहनु भएको थियो । सो रक्तदान कार्यक्रममा ७ महिला सहित ६४ जनाले रक्तदान गरेका थिए ।
कोरोना महामारीले गर्दा रगतको अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा सामाजिक दुरी, सेनिटाईजि· लगायतका स्वास्थ्य मापदण्डमा विशेष ध्यान दिईएको थियो ।

रक्तदान गर्नेहरुमा निशा गुप्ता, अनिता यादव, श्रेया गुप्ता, अप्सरा गुप्ता, जोबिना महर्जन, नितवानी खातुन, मनिषा पन्त, नेपाली सेनाका कर्णेल मदन ज· राणा, ट्राफिक प्रहरी निरीक्षक कमलराज पण्डित, रिन्कु कुमारी, उपेन्द्र प्रसाद यादव, जाकिर हुसेन, अरुण कुमार गुप्ता, मनोज साह, मलमल गुरुङ, गोबिन्द अधिकारी, सुरेश परियार, बिजय गुरुङ, कुमार कार्की लगायतका रहेका थिए ।

कार्यक्रममा प्रभु हस्पिटलका वरिष्ठ स्त्रीरोग रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ता, नेपाल पत्रकार महासघ प्रदेश न.२ का उपाध्यक्ष केसि लामिछाने, पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बन्जरा, जसपाका नेता नेजामुदिन समानी, नेपाली का·्रेस पर्साका सभापति अजय द्विवेदी, सुषमा द्विवेदी तिवारी, नेकपाका जिल्ला सदस्य प्रभाकर गुप्ता, वीरगंज पब्लिक कलेजका प्रबन्ध निर्देशक डा. दिपक शाक्य, सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, वडा नं.६ का वडा अध्यक्ष धु्रव नेपाल, बिपत व्यवस्थापन प्रदेश नं.२ का प्रहरी निरीक्षक सरोज प्रजापति, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरि, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खड्का, मार्टिन मोक्तान, ब्लड बैंक बिरगंजका प्रमुख सौरब राज पान्डे लगायतको उपस्थिति रहेको थियो ।