भारी मात्रामा लागुऔषध इन्जेक्सन बोकेको ट्रक सहित चालक र अन्य दुई पक्राउ

15

संतोष रन्जितकार

वीरगंज, २५ असोज ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय सुगौली बिर्ताले लागुऔषध इन्जेक्सन सहित ट्रक र ३ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय सुगौली बिर्ताका टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्नेक्रममा लागुऔषध इन्जेक्सन, ट्रक र ट्रकका चालकसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरी टोलीले शनिबार राती वीरगंज महानगरपालिका वडा नं. २४ रामगढवा बहुअरी चौकको सडक खण्डमा आईसिपी गेटबाट जाँचपास गराई आउँदै गरेको ज्च् घड ख् द्धडढछ  नम्बरको ट्रकलाई चेकजाँच गर्दा उक्त लागुऔषधहरु बरामद भएको थियो ।

सो ट्रकको चालक क्यावीनबाट, चालक बस्ने सिटको पछाडीको सिटमुनी तथा सोही क्यावीनको माथिको बोर्नटको क्यावीनमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले लागु औषध नुर्फिन २९७ एम्पुल ईन्जेक्सन, फेनारगन २९७ एम्पुल ईन्जेक्सन, डाइजेपाम २९७ एम्पुल ईन्जेक्सन (जम्मा ८९१ एम्पुल) र ध्ष्लअष्चभह ज्ञण्ण् m िको १२०६ बोत्तल बरामद गरेको थियो ।

लागुऔषध बरामद गरिएको उक्त ट्रकको चालक भारत पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना रक्सौल ग्राम गम्हरिया पोष्ट हर्दिया वडा नं.४ बस्ने सुदर्शन पटेलको छोरा बर्ष २० को बिक्रान्त पटेल, सोही  ठाउँ बस्ने जोगिन्द्र रामको छोरा बर्ष २८ को रामबालक राम र सोही ठाउँको ललन रामको छोरा बर्ष २० को आकाश कुमार राम सवार रहेका थिए भने उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले जनाएका छन् ।